×

NEPAL TIMES UPDATES

Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026

प्रचण्डले गरे वामपन्थीबीच एकता र ध्रुविकरणको अपिल

९ बैशाख २०८०

९ वैशाख, काठमाण्डौ ।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् । समाजवादी क्रान्तिका नेता भ्लादिमिर इल्यिच लेनिनको १५३ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसका अवसरमा आज शुभकामना दिँदै उनले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन सम्पूर्ण वामपन्थी शक्तिलाई आग्रह गरेका हुन् ।

वर्गसङ्घर्ष र विचारधारात्मक सङ्घर्षको लामो शृङ्खला एवं विभाजन र एकताका अनगिन्ती अनुभव हासिल गर्दै कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुगेको स्मरण गर्दै उनले नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्व र पहलकदमीमा भएको ऐतिहासिक सङ्घर्षकै परिणामस्वरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएका छन् ।

प्रधानमन्त्री दाहालले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशीता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समाजवादोन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सरकार संचालन गरिरहेको दल माओवादी केन्द्रका अध्यक्षले यसरी बामपन्थीहरुलाई एक हुन आह्वान गरिरहँदा यसैबीच सत्ता सहकार्य गरिरहेको दल जो माओवादी, जसपासहितको नयाँ मोर्चाका लागि पनि गृहकार्य गरिरहेको छ नेकपा एकीकृत समाजवादी उसले भने अहिले नै कुनै पनि पार्टीसंग एकता नहुने बताएको छ ।

नेकपा एसका नेता झलनाथ खनालले अहिले कुनै पार्टीसँग एकता नहुने बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा जनकपुरधाममा सहभागी हुन आएका खनालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै एकीकृत समाजवादी नयाँ पार्टी रहेकाले अहिले कुनै दलसँग एकता नहुने बताएका हुन् ।

उनले मिलेर जाने कुरा बेग्लै भए पनि कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पारे । यस्तै खनालले आफू एमालेमा फर्किने कुरामा पनि सत्यता नरहेको भन्दै आफूले बनाएको नयाँ पार्टी छोडेर बिना कारण एमालेमा फर्किनुको कुनै तुक नरहेको बताए । उनले हरेक पार्टीमा विवाद र असन्तुष्टि रहेको भन्दै उनले भने, ‘हामी दक्षिणपन्थतर्फ पनि होइन, उग्रबामपन्थ तर्फ पनि होइन ।

पार्टीलाई सही र क्रान्तिकारीतर्फ लैजान चाहन्छौँ। त्यस सिलसिलामा हामीभित्र कुनै छलफल बहस भयो भने त्यसलाई अन्यथा नमान्नूस्। हामी बहस गर्न चाहन्छौँ, छलफल गर्न चाहन्छौँ।’ यद्यपी उनले बामपन्थी शक्तिहरू मिल्नुको विकल्प नरहेको समेत बताएका छन् ।

भर्खरको समाचार

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

सम्बन्धित खबरहरु

Scroll to Top