सुनको मूल्यमा सामान्य गिरावट ,चाँदी भने स्थिर

१४ बैशाख ८०, बिहीबार
Share this
760shares

१४ वैशाख, काठमाण्डौ ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ घटेको हो।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top