आज नेप्सेमा सामान्य अंकको गिरावट

१४ वैशाख, काठमाण्डौ ।

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक २.२७ अंकले घटेको छ।यस दिन नेप्से ०.१२ प्रतिशतले घटेर १८८९ बिन्दुमा बन्द भएको छ।बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।गत कारोबार दिन ८४ करोड २५ लाख ७८ हजार ६९४ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँमा सीमित भएको छ।

यस दिन २६९ वटा धितोपत्रको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर किनबेच भएको हो।बिहीबार सिटीजन्स म्यसचुअल फण्डको इकाइ मूल्य सर्वाधिक ५.८५ प्रतिशतले बढेको छ। यस दिन उक्त योजनाको इकाइ मूल्य ७ रुपैयाँ ७८ पैसा पुगेको छ।यस्तै, तेह्रथुम पावरको सेयर मूल्य ५.०८ प्रतिशतले बढेर प्रति कित्ता मूूल्य ४०५ रुपैयाँ ६० पैसा पुगेको छ।

Advertisement

यसैगरी, एनआइबिएल ग्रोथ फण्डको इकाइ मूल्य १० प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रुपैयाँ पुगेको छ।यस्तै, एनएमबी डिवेञ्चर ८.५०५ २०८७र८८ को मूल्य ९.५३ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ८८६ रुपैयाँ ६० पैसा पुगेको छ।बिहीबार एभरेष्ट बैंकको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ५३९ रुपैयाँमा ३ करोड ७६ लाख बराबरको सेयर कारोबार भएको हो।यो मूल्य अघिल्लो दिनको तुलनामा १.७२ प्रतिशत बढेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेकोे छ। उक्त कम्पनीको ६०० रुपैयाँमा ३ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

Advertisement

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ र होटल्स तथा पर्यटन समूहको परिसूचक ०.२४ र १.८३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशतले घटेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top