×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

युक्रेनी आवासीय क्षेत्रमा रुसको हवाई हमलाः २६ युक्रेनी मारिए

१६ बैशाख २०८०

१६ वैशाख, एजेन्सी ।
पछिल्लो पटक रुसले गरेको आक्रमणमा परी पाँच जना बालबालिकासहित २६ युक्रेनीले ज्यान गुमाएका छन् । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक मारेको युक्रेनी अधिकारीहरूले बताएका छन् । मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो ।

भत्केका भवनका भग्नावशेषबाट मृतकका शव निकालिएका हृदयविदारक दृश्य एएफपीका पत्रकारले देखेको बताएका छन् । भग्नावेशषबाट बालबालिकाका शव पनि निकालिएका थिए । यो वर्ष शिशिर यामको प्रारम्भमा ऊर्जा र इन्धन प्रवाह गर्ने युक्रेनी पूर्वाधारमा आक्रमण गरेर रुसले जनजीवन कष्टकर पारेको थियो ।

Advertisement
Advertisement

केही समयका लागि आक्रमण बन्द गरेको रुसले नागरिक संरचना तथा आवासमा पुनः हमला थालेको छ । करिब ८० हजार बासिन्दा रहेको लुहान्स्कमा पनि आक्रमण भएको छ । पूर्वी लुहान्स्क सहर रुसको नियन्त्रणमा छ । रुसी क्षेप्यास्त्रहरू मध्य सहर डिनिप्रोमा पनि बर्सिएका छन् । गत जनवरीमा उक्त सहरको आवासीय भवनमा भएको क्षेप्यास्त्र आक्रमणमा ४० जनाले ज्यान गुमाएका थिए ।

यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का सहयोगी र साझेदार देशहरूले युक्रेनलाई दिन प्रतिज्ञा गरेको ९८ प्रतिशत हतियार दिइसकेको बताएको छ । नेटोका प्रमुख एवं महासचिव जेन्स स्टोलटेनबर्गले बिहीबार युक्रेनलाई १,५५० बख्तरबन्द सवारीसाधन र २३० वटा ट्यांक उपलब्ध गराइएको बताएका हुन् ।

यी हतियारले युक्रेनलाई रुसविरुद्धको लडाँइमा ठूलो फाइदा पुर्याएको र भूमि फिर्ता ल्याउनसमेत मद्दत गरेको उनको भनाइ छ । “हामीले कुल नौवटा नयाँ युक्रेनी सशस्त्र ब्रिगेडलाई तालिम दिएर तयार पारेका छौँ । यसले युक्रेनलाई कब्जा गरिएको क्षेत्र फिर्ता लिन जारी प्रयासलाई बलियो बनाउँछ,” स्टोल्टेनबर्गले पत्रकार सम्मेलनमा भने ।

नयाँ ब्रिगेडहरूमा करिब ३० हजारभन्दा बढी सेना रहने अनुमान गरिएको छ । युक्रेनलाई यसका सहयोगी मुलुकले ठूलो मात्रामा गोला बारूद पठाएका छन् । स्वीडेन र अष्ट्रेलियाजस्ता केही नेटो साझेदार देशहरूले सशस्त्र गाडीहरू पनि उपलब्ध गराएको छ ।

Advertisement

नेटो सदस्य राष्ट्रहरूले विमान विध्वंसक प्रणाली र तोपखाना उपलब्ध गराएको छ भने पोल्याण्ड र चेक रिपब्किले सोभियत संघका बेला बनेका मिग–२९ विमान उपलब्ध गराएको छ । स्टोल्टेनबर्गले युक्रेनलाई गरिएको यो अभूतपूर्व सैन्य सहयोग भएको तर रूसलाई कम आंकलन गर्न नहुने बताएका छन् ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top