×

NEPAL TIMES UPDATES

Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026

किन रोकियो प्रचण्डको भारत भ्रमण ?

१७ बैशाख २०८०

१७ वैशाख, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावित भारत भ्रमण तत्काललाई स्थगित भएको छ । उनको पहिलो विदेश भ्रमण असारअघि नहुने परराष्ट्रका अधिकारीहरुले बताएका छन् । आन्तरिक कारणले प्रचण्डको भारत भ्रमण स्थगित भएको यो दोस्रो पटक हो । तेस्रो पटक प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ ।

पहिलो विदेश भ्रमणका लागि भारतलाई रोज्ने विषयमा पनि यहाँ धेरै चर्चा भइरहेको छ । सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेट तयारी गर्नुपर्ने भएकाले त्यसपछि मात्रै प्रधानमन्त्रीको भारत भ्रमण हुने प्रधानमन्त्री प्रचण्ड निकट नेताहरुले बताएका छन् । नेताहरुले आन्तरिक कारणले प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तत्कालका लागि स्थगित भएको र पहिलो विदेश भ्रमण असारअघि हुने सम्भावना नरहेको बताएका छन् ।

Advertisement
Advertisement

यसअघि सरकार वैशाख दोस्रो र तेस्रो साता प्रचण्डको भारत भ्रमणको तयारीमा जुटेको थियो । नेपालमा भर्खरै सम्पन्न उपनिर्वाचनको नतिजाले पनि प्रचण्डलाई देशमा राजनीतिक स्थिरता कायम राख्न यात्रामा पुनर्विचार गर्न बाध्य बनाएको विश्लेषण गरिएको छ । उपनिर्वाचनमा सत्तारुढ गठबन्धनले तीनमध्ये दुई सिट गुमाएको छ ।

तनहु–१ र चितवन–२ गुमाएको सत्तारुढ गठबन्धनले बारा–२ मा भने गठबन्धनको दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । उनलाई उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको समर्थन थियो । उपनिर्वाचनमा झनै जनताको अपार समर्थन पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्रीले पहल गरिरहेका छन् ।

आज मात्रै पनि नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा रास्वपाका सभापति रवि लामिछानेसँग प्रधानमन्त्रीले छलफल गरेका छन् । प्रधानमन्त्री बन्नु अघि भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड गत जुलाईमा भारत गएका थिए । प्रचण्ड प्रधानमन्त्री भएलगत्तै भारतीय विदेश सचिव नेपाल भ्रमणमा आएका थिए । नेपालमा चिनियाँ सक्रियता भारतका लागि टाउको दुखाईको विषय बन्ने गरेको छ ।

पछिल्लो समय शुक्रबार मात्रै चिनियाँ राजदूतले अर्थमन्त्री डा प्रकाश शरण महतसँग भेटवार्ता गरेका छन् । चिनियाँ राजदूत छन् सोङसँग टोखा–छहरे सुरुङ मार्ग, मुस्ताङ, रसुवागढी जस्तै अन्य पहाडी भू–भागमा समेत सुरुङ मार्गहरु बनाउने विषयमा छलफल भएको छ । अर्थमन्त्री महतसँगको भेटमा चिनियाँ राजदूत सोङले नेपालको पूर्वाधारका विकासका लागि करिब ८० अर्ब रुपैयाँ उपलब्ध गराउन सक्ने जानकारी गराएका छन् ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top