टोपबहादुर सम्पर्कविहीन, पक्राउ गर्न प्रहरी परिचालित

२० बैशाख ८०, बिहीबार

२१ वैशाख, काठमाण्डौ ।
नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेको प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि पूर्वमन्त्रीसमेत रहेका सांसद रायमाझी सम्पर्कविहीन भएका हुन् । बुधबार गृहजिल्ला अर्घाखाँचीबाट काठमाडौं जाने भनेर हिँडेका उनी राति ९ बजेपछि सम्पर्कविहीन भएका प्रहरी स्रोतले बताएको छ ।

रायमाझीले भैरहवाबाट काठमाडौं आउन बुधबार साँझका लागि काटेको जहाजको टिकटसमेत रद्द गरेको बुझिएको छ । टोपबहादुर सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको सुपदेउराली मन्दिरमा दर्शन गर्न पनि पुगेका थिए । बुधबार उनले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउँदै कानुनलाई सहयोग गर्ने वचन सन्धिखर्कमा पत्रकारसँगको कुराकानीमा गरेका थिए ।

तर उनी हिजोदेखि सम्पर्कविहीन छन् । रुपन्देही प्रहरीका अनुसार हिजो अर्घाखाँचीबाट काठमाडौँ नआइ बुटवल बसेको भनिएका रायमाझीको तीब्र रूपमा खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुधबार नै बुटवलबाट पक्राउ गरिसकेको छ ।

पक्राउ परेका सन्दीप रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ । बुधबार जिल्ला अदालत काठमाडौंले रायमाझी बाबुछोरालाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो । यो प्रकरणमा अहिलेसम्म पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेसहितका ८ जना पक्राउ परेका छन् ।

ठगी धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि केशव दुलाल, सानु भण्डारी, टङ्ककुमार गुरुङ, सागर राई र सन्देश शर्मालाई पक्राउ गरेको थियो । उनीहरुकै बयानका आधारमा प्रहरीले अस्ति मङ्गलवार तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो ।

लगत्तै राईका छोरा निरज फरार भएका छन् । यस्तै पक्राउ पुर्जी जारी भएका बादलका छोरा प्रतीक फरार छन् । यो गिरोहले झण्डै ९ सय जनालाई ठगी गरेको र प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म रकम उठाएको प्रहरीको प्रारम्भिक आंकलन छ । ठगी र सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसैबीच नक्कली भुटानी शरणार्थी प्रकरणमा आग्रह–पूर्वाग्रह नराखी अनुसन्धान गर्न र कानुन पालनामा सघाउन पार्टी तयार रहेको एमालेले बताएको छ । यो प्रकरणमा पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझीमाथि नै पक्राउ पुर्जी जारेपछि एमालेको यो धारणा आएको हो ।

‘हामीले यस प्रकरणलाई गम्भीररूपले लिएका छौं। यस्ता खालका प्रकरणमा कानुन पालनालाई सघाउने एमालेको स्थायी नीति छ,’ पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले भने,‘सरकारले पूर्वाग्रह नराखी अनुसन्धान गरोस्।’ यस प्रकरणमा बैठक बसेर थप धारणा सार्वजनिक गर्ने पनि उनले बताएका छन् । यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि दोषीलाई कारबाही हुने भन्दै यो प्रकरणको निष्पक्ष छानविन हुने प्रतिवद्धता जनाएका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top