×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रुस र युक्रेनका प्रतिनिधि बीच टर्कीमा कुटाकुट

२२ बैशाख २०८०

२२ वैशाख, एजेन्सी ।
युद्धमा होमिएका रुस र युक्रेनका प्रतिनिधि अन्तराष्ट्रिय सम्मेलनमा एकअर्कामाथि नै जाइलागेका छन् । टर्कीमा बिहीवार गरिएको एक कूटनीतिक सम्मेलनमा रुस र युक्रेनका प्रतिनिधिहरूले आपसमै कुटाकुट गरेका हुन् । रुसी प्रतिनिधिले युक्रेनी सांसदको हातबाट युक्रेनको झण्डा खोसेर च्यातेपछि झगडा भएको थियो ।

सांसद ओलेक्सान्दर मारिकोव्स्की आफ्नो देशको झण्डा लिएर फोटो खिचाउन उभिएको बेलामा नाम नखुलेका रुसी आएर झण्डा च्यातिने गरी खोसेका थिए । त्यसपछि मारिकोव्स्कीले ती व्यक्तिलाई लखेटेका थिए र दुईजनाबीच मुक्का हानाहान भएको थियो । युक्रेनी सांसदहरूले रुसी सांसद ओला टिमोफीभाको सम्बोधनलाई अवरोध गरेपछि यो घटना भएको हो ।

Advertisement

कृष्ण सागरको तटमा रहेका मुलुकहरूका सांसदको बैठकमा घटना भएको हो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनले ड्रोन आक्रमण गरी हत्या गर्न खोजेको भनी रुसले आरोप लगाएपछि तनाव चरममा पुगेको बेलामा टर्कीमा यस्तो घटना भएको हो । पुटिन लक्षित गरिएको भनिएको ड्रोन आक्रमणको जिम्मेवारी भने अहिलेसम्म कसैले पनि लिएका छैनन् ।

तर रुसले यो आक्रमणको आराप युक्रेन र अमेरिकामाथि लगाउँदै आफूसँग प्रमाण रहेको बताउँदै आएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले क्रेमलिनमा भएको ड्रोन हमलाको पछाडि संयुक्त राज्य अमेरिका र युक्रेनको हात रहेको प्रमाण आफूहरुसँग रहेको बताएका छन् ।

उता अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसको दाबी गलत भएको बताएका छन् । यस्तै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले समेत क्रेमलिनमा भएको भनिएको ड्रोन आक्रमणमा आफूहरुको सम्लग्नता नरहेको बताउदै आएका छन् ।

Advertisement

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top