×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

सिम्रिकका क्याप्टेन गम्भिर, ३ जनालाई काठमाडौं पुर्याइयो

२२ बैशाख २०८०

२२ वैशाख, काठमाण्डौ ।
संखुवासभामा आज भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये एकजनाको मृत्यु भएको छ । घाइते भविन्द्र गुरुङको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेशनाथ बास्तोलाले बताएका छन् । “उपचारका लागि काठमाडौं लैजाने क्रममा हेलिकोप्टरमै मृत्यु भएपछि पुनः संखुवासभामै हेलिकोप्टर अवतरण गरिएको छ ।

गुरुङको मृत्यु भएपछि संखुवासभामै हेलिकोप्टर अवतरण गरिएको उनले बताएका छन् । गुरुङ अरुण जलविद्युत् आयोजनाका कर्मचारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेलसहित तीनजनालाई उपचारका लागि काठमाडौैं ल्याइएको संखुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

Advertisement
Advertisement

क्याप्टेन पौडेलको टाउकोमा चोट लागेको बताइएको छ । क्याप्टेनसहित हेलिकोप्टरमा पाँचजना सवार थिए । सिम्रिक एयरको हेलिकोप्टर बिहीबार काठमाडौंबाट संखुवासभा गएको थियो । बिहीबार संखुवासभामै पार्क भएको उक्त हेलिकोप्टर आज अपर अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर निर्माणस्थल जाँदै थियो ।

हेलिकोप्टर दिउँसो १ बजेबाट एयर ट्राफिकसँग सम्पर्क टुटेको थियो । त्यसको केही समयपछि भोटखोला गाउँपालिका ४ सिब्रुङमा दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार हेलिकप्टरमा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन्द्र गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ छन् ।

उनीहरुलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले दुर्घटनास्थलबाट उद्धार गरेको हो । घटनास्थलमा रहेका भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तामाङका अनुसार माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

घटनास्थलमा रहेका तामाङले हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा भएको हुन्सक्ने बताएका छन् । हेलिबाट भोटे र विक्रमले हेलिकोप्टरबाट हाम्फालेर ज्यान जोगाएका थिए । उनीहरुलाई सामान्य चोटपटक लागेको छ । दुर्घटनापछि हेलिकोप्टर क्षतविक्षत भएको छ।

Advertisement
Advertisement

सो हेलिकोप्टरले माथिल्लो अरुण हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो । त्यसका लागि आयोजनाले सिम्रिक एयरसँग सम्झौता नै गरेको थियो । उक्त हेलिकोप्टर बिहीबार काठमाडौंबाट संखुवासभा गएर बसेको थियो । आज सामान ओसारपसार गर्ने क्रममा दिउँसो १ बजेदेखि हेलिकोप्टरको सम्पर्क टुटेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top