×

NEPAL TIMES UPDATES

Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026

नेटोले एसियामै पहिलो कार्यालय जापानमा खोल्ने

२७ बैशाख २०८०

२७ वैशाख, एजेन्सी ।
जापानले देशभित्र एसियामै पहिलोपटक नेटोको कार्यालय खोल्न लागेको खुलेको छ । यसबारे वार्ता गरिरहेको त्यहाँका विदेशमन्त्रीले सीएनएनसँगको एक विशेष अन्तर्वार्तामा खुलासा गरेका हुन् । “हामी पहिले नै छलफलमा छौँ, तर अहिलेसम्म अन्तिम निर्णय भइसकेको छैन,” विदेशमन्त्री योशिमासा हयाशीले भनेका छन् ।

गत वर्ष रूसले युक्रेनमा सुरु गरेको युद्धले युरोपको सीमाभन्दा बाहिर जापानलाई क्षेत्रीय सुरक्षाबारे पुनर्विचार गर्न बाध्य तुल्याएको हयाशीको भनाइ छ । “यसबारे हामीले छलफल गर्नुको कारण यो हो कि रूसले युक्रेनमाथि गरेको आक्रमणपछि विश्व बढी अस्थिर भएको छ,” उनले भने, “पूर्वी युरोपमा भइरहेको घटनाक्रम पूर्वी युरोपको मुद्दामा मात्र सीमित छैन ।

Advertisement
Advertisement

यसले प्रशान्त क्षेत्रको अवस्थालाई प्रत्यक्ष असर गर्छ । यसैले पूर्वी एसिया हामी र नेटोबीचको सहयोग महत्त्वपूर्ण हुँदै गइरहेको छ ।” गत हप्ता एक विज्ञप्तिमा नेटोकी प्रवक्ता ओना लुङ्गेस्कुले जापानसँग लामो समयको सहकार्य रहेको भन्दै त्यहाँ सम्पर्क कार्यालय खोल्न नेटोका सबै सहयोगीसँग छलफलमा जाने बताएकी थिइन् ।

रूसले युक्रेनमा गरेको आक्रमणपछि दशकौंदेखि तटस्थ रहेका नर्डिक मुलुक फिनल्यान्ड र स्विडेन पनि नेटोमा सामेल हुन अघि सरेका थिए । फिनल्यान्ड गत महिना औपचारिक रूपमा नेटोमा सामेल भइसकेको छ भने स्विडेनको विषयमा भने टर्कीले अवरोध गरेको छ । य

सैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति वार्ता ‘अहिले नै सम्भव नभएको’ बताएका छन् । संयुक्त राष्ट्रसंघका प्रमुखले दिएको एक अन्तर्वार्तामा भनेका छन्, ‘दुई पक्षहरू यस युद्धमा पूर्ण रूपमा लीन छन् र उनीहरू युद्ध जित्न सकिन्छ भन्नेमा विश्वस्त छन्।’ भविष्यमा रूस र युक्रेनलाई वार्ताको टेबलमा ल्याउन सम्भव भए पनि तत्काल कुनै पक्ष यसका लागि तयार नदेखिएको उनले बताएका छन् ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको रेड स्क्वायर भिक्ट्री डे परेडमा विश्व ‘टर्निङ प्वाइन्ट’मा रहेको र रूसविरुद्ध ‘युद्ध’ सुरु भएको दाबी गरेका थिए । त्यसको अघिल्लो दिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नाजीवादलाई परास्त गरेझैं रूसी सेनालाई पनि परास्त गरिने बताएका थिए ।

युक्रेन द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न चीनले दबाब दिइरहेका बेला चिनियाँ विदेशमन्त्री किन ग्याङले यसै साता युरोपको भ्रमण गर्ने घोषणा गरेका छन् । यसैबीच संयुक्त राज्य अमेरिकाले युक्रेनको हवाई प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन र थप तोपखाना र गोलाबारुद उपलब्ध गराउन युक्रेनका लागि १.२ अर्ब अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ ।

Advertisement

युक्रेनले आफ्नो देशमा आक्रमणमा प्रयोग भएका रुसी सैनिकविरुद्ध एक उच्च प्रत्याशित आक्रमणको लागि तयारी गरिरहेको छ, तर पछिल्लो सहायता तुरुन्तै युद्धभूमिमा आइपुग्ने छैन किनकि यो अझै पनि रक्षा उद्योग वा साझेदारहरूबाट प्राप्त हुनुपर्दछ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top