×

NEPAL TIMES UPDATES

Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026

सुईको समेत नपाई कसरी पक्राउ परे खाँड ?

२७ बैशाख २०८०

२७ वैशाख, काठमाण्डौ ।
पक्राउ पुर्जी जारी भएपछि आफुले खोजेका एमाले सचिव टोपबहादुर रायामाझी फरार भएपछि सर्तक बनेको नेपाली प्रहरीले आज हल्लाखल्ला नगरी पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको छ । वैशाख २० गते प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको सुचना बाहिरिएपछि टोपबहादुर रायमाझी प्रहरीको आँखैसामु फरार भए।

सात दिन बितिसक्दा पनि उनी कहाँ छन् पत्तो छैन । तर, त्यही गल्ती गरे कांग्रेस नेता खाँण पनि फरार हुन् सक्ने संभावनाले प्रहरीले बिहानै खाणलाई उनको निवास चुच्चेपाटीबाट नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको सादा पोशासकको टोलीले खाँणलाई नियन्त्रणमा लिएको हो।

Advertisement

खाँण नक्कली शरणार्थी प्रकरणमा जोडिएपछि प्रहरीको नियन्त्रणमा परेका हुन्। तर, यस पटक प्रहरीले हल्लाखल्ला नगरी अनुसन्धान ग¥यो। जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्दा आरोपी लुक्न वा लुकाउन सकिने देखेपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेन। तर, पक्राउका लागि प्रहरीले जरुरी पुर्जी लिएको थियो ।

प्रहरी जरुरी पक्राउ पुर्जी लिएर उनको घरमा पुगेको थियो। कुनै पनि व्यक्तिलाई आकस्मिक पक्राउ गर्नुपरे त्यस्तो पुर्जी लिएर प्रहरी परिचालन हुने गर्छ। मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५ मा जरुरी पक्राउ पुर्जीको व्यवस्था गरिएको छ। यसको परिच्छे २ को ५ मा जरुरी पक्राउ पुर्जीको स्वीकृत लिने व्यवस्था छ।

पक्राउ गरेपछि प्रहरीले पक्राउको विवरण, कसुरको नाम लगायतको विवरण भरेर लिनुपर्ने हुन्छ। खाँणको घरमा प्रहरीले बुधबार बिहानैदेखि रेकी गरिरहेको थियो । चाबहिलस्थित मैजुबहालको घरमा खाँण रहेको एकिन भएपछि प्रहरी अधिकृतहरूले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा.मनोज केसीलाई खबर गरेका थिए ।

डा.केसी घटनास्थलमा पुगेपछि बालकृष्ण खाणलाई पक्राउ गर्न प्रहरी घरमा प्रवेश गरेको थियो । नरेन्द्र केसीलाई प्रहरीले पहिले नियन्त्रणमा लियो । नरेन्द्रलाई पक्राउ गरेपछि खाणले ‘दुई मिनेट है, फोन गर्छु’ भनेर ढोका थुनेका थिए । तर, उनले निकै बेर ढोका नखुलेपछि प्रहरीले ढोका नै तोडेर उनलाई नियन्त्रणमा लिएको घटनास्थलमा पुगेका प्रहरी अधिकृतले बताएका छन् ।

बालकृष्ण खाँड २०७८ देखि २०७९ पुससम्म गृह मन्त्री भएका नेपाली काग्रेसका प्रभावशाली राजनितिज्ञ हुन्। उनी काग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । उनी २०७३ को प्रचण्ड मन्त्रिपरिषद्मा रक्षा मन्त्री बनेका थिए । २०७० को संविधान सभा निर्वाचनमा खाँण रूपन्देही क्षेत्र नं.३बाट निर्वाचित भएका थिए।

विद्यार्थी राजनीति मार्फत २०३० सालबाट राजनीति प्रारम्भ गरेका खाँण हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन् । २०७४ को निर्वाचनमा समानुपातिकबाट निर्वाचित उनी २०७९को प्रतिनिधिसभाको निर्वाचनमा भने पराजित भएका छन् । उनी गृहमन्त्री रहेकै बेला रुपन्देही–३ बाट पराजित भएका छन् ।

खाँणलाई नेकपा एमाले समर्थनमा उम्मेदवार रहेका राप्रपाका दीपक बोहराले २ हजार ६४२ मतान्तरले पराजित गरेका हुन् । खाँण २०४८ को संसदीय निर्वाचनमा रूपन्देही क्षेत्र नं. ३बाट विजयी भएका थिए । रक्षा मन्त्री, शिक्षा राज्यमन्त्री बनिसकेका खाँणले त्रिवि स्ववियु सभापति, नेपाल विद्यार्थी संघको अध्यक्ष र तरुण दलको अध्यक्षको जिम्मेदारी समेत सम्हालिसकेका छन् ।

राजनीतिक यात्राका क्रममा उनले पञ्चायतकालमा करीब २ वर्ष जेलजीवन बिताएका छन् । उनले ने.वि. संघको अध्यक्षको हैसियतले २०४६ को जनआन्दोलनमा विद्यार्थी वर्गको नेतृत्व गरेका थिए । उनका ३ छोरी र १ छोरा रहेका छन् । उनकी श्रीमती मंजु खाँण भने समानुपातिकबाट प्रतिनिधिसभा सदस्य छिन् । उनको नाम समेत नक्कली शरणार्थी प्रकरणमा जोडिएको छ ।

Advertisement

भर्खरको समाचार

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

सम्बन्धित खबरहरु

Scroll to Top