स्वचालित पेस्तोलसहित बाँकेबाट युवक पक्राउ

२७ वैशाख, काठमाण्डौ ।

बाँके प्रहरीले एक युवालाई स्वचालित पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको बाासगढी नगरपालिका–८ का २८ वर्षीय सुमन रिजाल रहेका छन्।उनलाई मंगलबार राति बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित किङ क्रस क्लबबाट पक्राउ गरिएको बाँकेका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

उनको साथबाट एक अटोमेटिक पेस्तोल र एक राउण्ड लोडेड गोली बरामद भएको डिएसपी घर्तीले बताए। क्लबमा झगडा परेको र रिजालले पेस्तोल शो गरेको सूचना पाएपछि प्रहरी किङ क्रस क्लव पुगेको थियो। प्रहरी पुगेको सूचना पाएपछि रिजालले फालेको पेस्तोल शौचालयबाट बरामद भएको डिएसपी घर्तीले जानकारी दिए।

Advertisement

पक्राउ परेका रिजालले क्लवका बाउन्सरसहित अन्यलाई कुटपिट गरेका थिए। पक्राउ परेका रिजालको अपराधिक पृष्ठभूमि रहेको खुलेको डिएसपी घर्तीले जानकारी दिए। सोधपुछका लागि अन्य दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। सामान्य सोधपुछका लागि मात्रै भएका कारण प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top