×

NEPAL TIMES UPDATES

Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026

बेलायतले युक्रेन खतरनाक मिसाइल दिने

२९ बैशाख २०८०

२९ वैशाख, एजेन्सी ।

बेलायतले रुसी आक्रमणविरुद्ध युक्रेनलाई सहयोग गर्न लामो दूरीको क्रुज मिसाइलहरु युक्रेन पठाउन लागेको बताएको छ । विहीबार बेलायतका रक्षामन्त्री बेन वालेसले युक्रेनलाई स्टर्म स्याडो मिसाइलहरु दिन लागेको बताएका हुन् । स्टर्म स्याडो लामो दूरीमा लक्ष्य भेद्न सक्ने क्षमताको रहेको छ र यसको मार हान्ने क्षमता २५० किलोमिटरभन्दा अधिक छ ।

Advertisement
Advertisement

यसलाई विमानबाटै प्रक्षेपण गर्न सकिन्छ । बेलायतले भनेको छ कि, यि मिसाइलहरुको आपूर्तीपछि युक्रेनले आफ्नो क्षेत्रबाट रुसी सेनालाई पछि धकेल्न मद्यत गर्नेछ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अघिल्लो वर्ष युद्ध सुरु भएदेखि नै यस्ता हतियारहरुको माग गरिरहेका थिए ।

तर उनका अन्तर्राष्ट्रिय समर्थकहरु लामो दुरीको हतियार उनलाई दिन संकोच मानिरहेका थिए । उनीहरुलाई लागिरहेको थियो कि यसले झनै कटुता बढ्ने छ । तर वालेसले भने कि प्रधानमन्त्री रिऋी सुनकले यो निर्णय यसकारण लिए, किनभने रुस जानबुझी गैरसैन्य संरचना, आवासिय क्षेत्रहरुलाई पनि निशाना बनाइरहेको छ ।

वालेसले भने, यो वर्ष रुसी नेतृत्वले बमहरु, मिसाइलहरु र ड्रोनहरुको माध्यमबाट नागरिकहरु र गैरसैन्य संरचनालाई व्यवस्थित रुपले निशाना बनाउँन जारी राखेको छ । पछिल्लो ६ महिनाको तुलनामा जनवरीमा अधिक अस्पतालहरुलाई निशाना बनाइएको थियो ।

यता दक्षिण अफ्रिकाका लागि अमेरिकी राजदूतले उक्त देशले युक्रेन द्वन्द्वमा तटस्थ रहने घोषणा विपरीत रुसलाई हतियारहरू आपूर्ति गरेको आरोप लगाएका छन् । रुबेन ब्रिगेटीले गत डिसेम्बरमा हतियार तथा गोलीगठ्ठाले भरिएको रुसी पानीजहाज केप टाउनमा देखिएको बताए ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाको कार्यालयले आफू उक्त दाबी प्रति दुखी भएको जनाउँदै त्यसलाई पुष्टि गर्ने आधार प्रदान नगरिएको जनाएको छ । दक्षिण अफ्रिकाले युक्रेन अतिक्रमणको मुद्दामा तटस्थता दाबी गर्दै आएको छ ।

तर प्रिटोरियामा बिहीवार आयोजित पत्रकार सम्मेलनमा राजदूत ब्रिगेटीले उक्त द्वन्द्वलाई लिएर दक्षिण अफ्रिकाले व्यक्त गरेको असंलग्नताको नीतिप्रति वासिङटनको चासो रहेको बताए । सिमोन्स टाउन जलसेना शिविर नजिकै गएको डिसेम्बर ६ देखि ८ को बीचमा एउटा मालवाहक पानीजहाज रोकिएको प्रसङ्ग उल्लेख गर्दै उनले रुसतर्फ जानुअघि त्यसमा हातहतियार र गोलीगठ्ठा भरिएकोमा आफू ‘विश्वस्त’ रहेको बताएका छन्।

उनले लगाएको आरोपले दक्षिण अफ्रिकाको सत्तापक्षलाई आश्चर्यमा पारिदिएको छ । उक्त आरोपपछि दक्षिण अफ्रिकाको सरकारले अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा एउटा स्वतन्त्र जाँच निकाय गठन गर्ने घोषणा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ताले बताएका छन् ।

Advertisement

अमेरिकाले केही महिना यता दक्षिण अफ्रिका र रुसबीचको निरन्तरको निकट सम्बन्धलाई आलोचनात्मक रूपले हेर्दै आएको थियो । पछिल्लो दाबी पुष्टि भए त्यसले दक्षिण अफ्रिकाको तटस्थताको नीतिलाई कमजोर तुल्याउने मात्र नभई रुसी कित्तामा अफ्रिकालाई उभ्याउनेछ । दक्षिण अफ्रिका ब्रिक्स गठबन्धनको सदस्य हो जसमा रुससहित विश्वका अग्रणी अर्थतन्त्र चीन, ब्राजिल र भारत समावेश छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top