बाँकेमा नदीमा नुहाउँदा डुबेर एक पुरुषको मृत्यु

बाँकेमा नदीमा नुहाउँदा डुबेर एक पुरुषको मृत्यु

३० बैशाख, काठमाण्डौ ।

बाँकेको कोहलपुरमा नदीमा डुबेर एक पुरुषको ज्यान गएको छ । बैजनाथ गाउँपालिका–४ बोरिङका ३६ वर्षीय कमल साहानीको जेठीनाला नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो । साहानी आज बिहान ९ बजे घरदेखि दुई सय मिटर दक्षिण पर्ने नदीमा नुहाउन गएका थिए ।

उहाँलाई नदीमा डुब्दै गरेको अवस्थामा छिमेकीले देखेपछि उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो । उहाँको उपचारका क्रममा ज्यान गएको हो ।घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.