×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

अन्धविश्वासको पराकाष्ठ ! जिससलाई भेट्न देहत्याग २०१ शव भेटियो, ६०० बेपत्ता

३१ बैशाख २०८०

३१ वैशाख, एजेन्सी ।
पूर्वी अफ्रिकी राष्ट्र केन्यामा इसाई धर्मका प्रवर्तक जिसस क्राइस्टसँग भेट्ने चाहनाका कारण सयौँ व्यक्तिहरूले सामूहिक देहत्याग गरेपछि यो विषय विश्वव्यापी बनेको छ । प्रलयको दिनमा विश्वास राख्ने क्रिश्चियन सम्प्रदायका सयौँले सामूहिक ‘आत्महत्या’ गरेका हुन् । यो मामिलामा आत्महत्या गर्नेको संख्या २०० नाघेको हो ।

प्रहरीले सामूहिक आत्महत्या गरेकाध्ये २०१ जनाको शव निकालेको छ । यो घटना भएको स्थानमा अझै ६ सयभन्दा धेरै हराइरहेको त्यहाँको प्रहरीले जनाएको छ । प्रलयको दिनमा विश्वास गर्ने यस सम्प्रदायसँग सम्ब्धित व्यक्तिहरूले सुरुमा बालबालिकाहरुलाई भोकभोकै राखेर मारिएको बताएका छन् ।

Advertisement

उनीहरुमध्ये प्रहरीले यही शनिवार थप २२ जनाको शव भेट्टाएको छ । ‘हाम्रो फरेन्सिक टोलीले शनिबार २२ वटा शव निकालेको छ । यहाँ हामीले कसैलाई जीवित फेला पारेका छैनौँ’, स्थानीय आयुक्त रोडाह ओन्यान्चाले भनेका छन् । केन्याको दक्षिण–पश्चिमी क्षेत्रस्थित शाकाहोला जङ्गलमा क्रिश्चियन समुदायको सामूहिक आत्महत्याको घटना भएको हो ।

त्यहाँ प्रहरीले खोजीकार्य गरिरहेको छ । केन्यास्थित यो समुदायका एक पास्टरले टाइम्स पत्रिकालाई बताएअनुसार सामूहिक आत्महत्याका धेरै चरणमा योजना बनाइएको थियो । आत्महत्याको योजना बनाएका यिनै पास्टरले प्रहरीलाई सघाइरहेका छन् । उनका अनुसार सुरुमा बालबालिकालाई भोकै राखेर ज्यान लिइएको थियो ।

बालबालिकाको ज्यान लिएपछि महिलाले आत्महत्या गरे । अन्तिममा घरका पुरुषले पनि आत्महत्या गरे । त्यसपछि यो सम्प्रदायका अगुवा पास्टर पल म्याकेन्जीको परिवारले पनि आत्महत्या गरेका छन् । यो प्रकरणमा योजना बनाउनेमध्ये पल म्याकेन्जी अहिले पक्राउ परेका छन् । उक्त जंगलबाट बरामद गरिएका केही शव प्रहरीले पोस्टमार्टम गरेको छ ।

प्रहरीका अनुसार आत्महत्या गरेकाहरुमा भोक, श्वास फेर्न नसकेको र कुटपिट पनि भएकव विवरण संकलन गरेको छ । पल मकेन्जीले जिसससँग भेट्नका लागि भोकभोकै बस्नुपर्छ भनेर प्रवचन दिएपछि सयौँ मानिसहरूले भोकभोकै देहत्याग गरेको प्रहरीले बताएका छन् ।

गत महिना मुख्य अभियुक्त ठहर पादरी पल मकेन्जी पक्राउ परिसकेका छन् । हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले आतंकवादसम्बन्धी मुद्दा लगाउने योजना बनाएको छ । तटीय क्षेत्र किलिफीमा मकेन्जीले ८ सय एकडको जमिनमा इसाई धर्म र जिसस क्राइस्टबारे प्रवचन दिन्थे । सो क्षेत्रमा मृत व्यक्तिहरूलाई गाडेको अवस्थामा भेटिएको हो ।

Advertisement

भर्खरको समाचार

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

सम्बन्धित खबरहरु

Scroll to Top