×

NEPAL TIMES UPDATES

Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026

१० दिन मेलम्ची मेलम्ची खानेपानी बन्द हुने

२ जेष्ठ २०८०

२ जेठ, काठमाण्डौ ।
आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जानकारी आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची सुरुङबाट हुने पानी पथान्तरण बन्द हुने जानकारी दिएको हो ।

काठमाडौं उपत्यका खानेपानीका प्रवक्ता प्रकाशकुमार राईले मेलम्ची खानेपानी विकास समितिले आयोजनाको अम्बाथान स्थिति हेडवक्समा गेट नम्बर १ र ९ तथा अडिट सुरुङमा मेकानिकल पार्टको जडान लगायत संरचनाहरुको निर्माण तथा सुधार कार्य गर्न लागेकाले सुरुङ बन्द गर्न लागेको बताए ।

Advertisement
Advertisement

उनले वर्षा याममा हुनसक्ने सम्भवित प्रकृतिक प्रकोप कारण आयोजनामा थप क्षति हुन नदिन विषम परिस्थिति बाहेक १२ महिना पानी सञ्चालन गर्ने उद्देश्यले मेलम्ची खानेपानी विकास समितिको रहेको बताए । प्रवत्ता राईले उक्त कार्य सम्पन्न भएपश्चात यो वर्षको वर्षा याममा पनि आयोजनाको प्रतिकुल अवस्थामा बाहेक अन्य अवस्थामा सुरुङबाट पानी पठाउने कुरामा आशावादी रहेको जनाए ।

उनले सुरुङबाट पानी पथान्तरण बन्द हुने भएसँगै काठमाडौं उपत्यका खानेपानी वितरणको तालिका पानी वितरणको दिन अवधिको अन्तर बढाएर हेरफेर गरीएको जानकार दिए । खानेपानी वितरणको तालिका काठमाडौं उपत्यका खानेपानीको वेबसाइट र शाखा कार्यालयहरुको फेसबुक पेजमार्फत प्रकाशन गरिएको राईले जानकारी दिए ।

उनले २०७९ साल मंसिरदेखि आजसम्म मेलम्ची खानेपानी आयोजनाबाट भइरहेको निरन्तर पानी आपूर्तिले काठमाडौंबासीको मुहारमा देखिएको सन्तुष्टि र खुशीलाई दिगो र बाह्रै महिना कायम राख्ने प्रयास रहने बताएका छन् । प्रवक्ता राईले मेलम्चीको १७ करोड लिटर पानी आउँदा १७ करोड रुपैयाँ उठ्नुपर्ने मान्यता भएपनि १० हजार लिटर बराबर एक सय रुपैयाँसम्म उठ्ने गरेको बताएका छन् ।

उनले विगतमा ५ हजार लिटर पानी आउँदा पनि सय रुपैयाँ संकलन भएको १७ करोड लिटर पानी अनुसार आम्दानी नदेखिने बताए । मेलम्चीको १७ करोड लिटर पानी आएप्रश्चात वार्षिक आयमा १० करोड रुपैयाँले वृद्धि भएको राईले जानकारी दिए ।

Advertisement
Advertisement

उनले मेलम्ची आउनु भन्दा पहिला वार्षिक ६५ करोड रुपैयाँ हुने गरेकोमा मेलम्ची आएपछि ७५ करोड पुग्ने अवस्था रहेको बताए । मेलम्चीसहित १८ करोड लिटर पानी धाराहरुमा पानी वितरण गरिएको भन्दै मेलम्चीको पानी रोकिएपछि ८ करोड मात्रै पानी वितरण हुने राईले जनाएका छन् । उनले पानी तीनदेखि १० दिनको अन्तरालमा वितरण गर्ने बताएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top