×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

शरणार्थी प्रकरणमा कांग्रेसले आरजुको बचाउ , देउवा किन मौन?

२ जेष्ठ २०८०

२ जेठ, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना निकटका बालकृष्ण खाँण पक्राउ परेपछि र पत्नी आरजुको नाम मुछिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले मौनता साधेका छन् । यसैपनि निकै कम बोल्ने गरेका देउवा शरणार्थी प्रकरणपछि पार्टीका पदाधिकारी र आफ्ना खेमाका नेताहरुसंग पनि कम बोल्न थालेका छन् ।

नेपालको अन्तर्राष्ट्रियस्तरमै बेइज्जत भइरहेको प्रकरणमा पार्टी नेताहरु पक्राउ गर्नुतथा सडकमा जनदबाव ब्यापक बढ्दा पनि संसदको सबैभन्दा ठूलो दलको सभापति किन मौन भन्ने प्रश्न चौतर्फी उठेका बेला कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले यसको जवाफ दिएका छन् ।

Advertisement
Advertisement

उनले पार्टी सभापति शेरबहादुर देउवा नबोले पनि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सघाइरहेको बताएका छन् । आज सिंहदरबारमा पत्रकारहरूसँग कुराकानी गर्दै अर्थमन्त्रीसमेत रहेका प्रवक्ता महतले शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धानका लागि सभापति देउवाले सघाइरहेको बताएका हुन् ।

शरणार्थी प्रकरणमा सभापति देउवा किन मौन भन्ने प्रश्नको जवाफमा महतले भने, ’पहिलेदेखि नै उहाँ (देउवा) को धेरै बोल्ने बानी छैन । निष्पक्ष अनुसन्धानमा सघाइरहनुभएको छ ।’ प्रवक्ता महतले नक्कली शरणार्थी प्रकरणमा दोषी प्रमाणित भए कानुनअनुसार कारबाही हुने बताए । उनले यो प्रकरणको अनुसन्धानमा पार्टीले सहयोग गर्ने पनि बताए् ।

यो प्रकरणमा मुछिएपछि कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । बालकृष्ण पक्राउ परेपछि उनकी पत्नी मञ्जु प्रतिनिधि सभा बैठकमा देखिएकी छैनन् । पति बालकृष्ण खाँणलाई भेट्न गएको पनि देखिएको छैन । डा.महतले मञ्जु खाँणलाई पार्टीले फलो नगरेको बताए ।

‘मञ्जु खाँण कहाँ हुनुहुन्छ पार्टीले फलो गरेको छैन,’ प्रवक्ता डा. महतले भने, ‘दूधको दूध पानीको पानी आओस्, कांग्रेसले सहयोग गर्छ ।’ यो प्रकरणमा देउवा पत्नीसमेत रहेकी सांसद आरजु राणालाई पनि सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर दोषी देखाउन खोजिएको भन्दै उनले भने, ‘आरजु जीले आफैं प्रतिरक्षा गरिरहनु भएको छ ।’

खाँण पक्राउ पर्नु र अर्का दुई नेता तथा सांसद यो प्रकरणमा जोडिएको आरोप लाग्दा समेत सत्तासाझेदार दल कांग्रेसको केन्द्रीय बैठकमा छलफल गरिएको छैन । महाधिवेशन र महासमिति बैठकपछि निर्णय गर्न केन्द्रीय कार्यसमिति नै कांग्रेसको विधानले चिन्ने सर्वोच्च निकाय हो ।

तर, सभापति देउवा केन्द्रीय समितिको बैठक पन्छाउँदै छन् । देउवा अहिले केन्द्रीय समिति फेस गर्ने हैसियतमै नभएको उनीनिकटका नेताहरू बताउँछन् । उनीहरूका अनुसार भ्रष्टाचारकाण्ड मात्र होइन, पार्टी सञ्चालन र विधान कार्यान्वयनका केही जटिल प्रश्नलाई फेस गर्न अहिले उनी तयार छैनन् ।

Advertisement
Advertisement

आफूहरूलाई बायकट गरेर पार्टी एकलौटी ढंगले चलाएको र अब चुप लागेर नबस्ने महामन्त्रीद्वयको भनाइपछि त्यसको दबाब पनि देउवाले थेग्नुपरेको छ । विभाग गठन, भातृसंस्था र उपनिर्वाचनको नतिजासम्मको जवाफ दिनुपर्ने कठघरामा देउवा छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top