५ जेठ, एजेन्सी ।
अब ट्वीटरमा दुई घण्टासम्म लामो भिडिओ अपलोड गर्न सकिने भएको छ । यो सुविधाा ट्वीटरले ब्लु टिक सब्सक्राइबरलाई दिएको हो । एलन मस्कले एक ट्वीट गर्दै यो विषयमा जानकारी दिएका हुन् । कम्पनीले नयाँ अपडेट ल्याउँदै आफ्ना सशुल्क अर्थात् ब्लु टिक खरिद गरेका प्रयोगकर्ताको लागि यो सुविधा थप गरेको हो ।
अब ब्लु टिक खरिद गरेका प्रयोगकर्ताले २ घण्टा लामो र ८ जीबीसम्मको भिडिओ अपलोड गर्न सक्नेछन् । विशेषगरी पोडकास्ट बनाउने, छोटो फिल्महरू बनाउने लगायतका प्रयोगकर्तालाई ध्यानमा राख्दै कम्पनीले यो सुविधा थप गरेको जनाएको छ ।
यो भन्दा अगाडि ब्लु टिक सब्सक्राइबरले एक घण्टा लामो र २ जीबीसम्मको भिडिओ मात्र अपलोड गर्न पाउने सुविधा थियो । हालको लागि आईओएस प्रयोगकर्ताले मोबाइल एपबाट पनि यो सुविधा लिन सक्नेछन् भने एन्ड्रोइड प्रयोगकर्ताले भने हाल यो फिचर वेबभर्सनमा मात्र प्रयोग गर्न सक्नेछन् ।
यसरी अपलोड गरिएको भिडिओ ब्लु टिक खरिद नगरेका प्रयोगकर्ताले पनि हेर्न सक्नेछन् । ट्वीटर ब्लू भिरिफाइट नभएका प्रयोगकर्ताले हाल दुई मिनेट २० सेकेण्डको भिडिओ अपलोड गर्न पाउँछन् ।