सरकारले झुट बोलेपछी कपिलबस्तुका उखु किसानको काठमाडौंमा धर्ना

सरकारले झुट बोलेपछी कपिलबस्तुका उखु किसानको काठमाडौंमा धर्ना

६ जेठ, काठमाण्डौ ।
सरकारले अनुदान नदिएपछि कपिलबस्तुका उखु किसानहरु काठमाडौंमा धर्नामा बस्न बाध्य भएका छन । २०७१सालमा उखुमा दिने भनिएको अनुदान आफूहरुले मात्रै नपाएपछि माईतीघर मण्डलामा आएर धर्नामा बस्न बाध्य हुनु परेको कपिलबस्तु उखु किसान संघर्ष समितिका सदस्य रामलाल कलवारले जानकारी दिए ।

२०७१ सालमा सरकारले उखु किसानहरुलाई प्रतिक्वीटल २५ रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो । तर सो रकम अझसम्म पनि सरकारले नदिएपछि न्यायको खोजीमा उनीहरु काठमाडौं आएका हुन ।अनुदानको रकम लिनका लागि जिल्ला प्रशासन कार्यालयमा दिइएको दवाव काम नलागेपछि काठमाडौंमा आएर धर्नामा बस्नु परेको संघर्ष समितिका सदस्य रामलाल कलवार बताउँछन् ।

उनले आफूहरुलाई सो अनुदान नदिएसम्म धर्नाको कार्यक्रम अन्त्य नगर्ने चेतावनी समेत दिए । उखु किसानहरुले अन्य जिल्लालाई दिइएको त्यो अनुदानको वापतको रकम आफूलाई नदिएको भन्दै ५ दिनयता काठमाडौंमा धर्ना कार्यक्रमलाई निरन्तरता दिईरहेका छन । तर सरकारले कुनैसुनुवाई नगरेको उनीहरुको गुनासो छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.