×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

१२ दिनपछि मञ्जुलाई बालकृष्णको याद आएपछी …

८ जेष्ठ २०८०

८ जेठ, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न उनकी पत्नी तथा कांग्रेस सांसद मञ्जु खाँण १२ दिनपछि टेकुस्थित प्रहरी कार्यालय पुगेकी छिन् । बालकृष्ण २७ बैशाखमा पक्राउ परेकोमा मञ्जु पहिलोपटक उनलाई भेट्न पुगेकी हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार सोमबार बिहान मञ्जु टेकु पुगेकी हुन् । खाँणलाई हिरासतमा नराखी डिएसपीको कार्यकक्षमा राखिएको छ । यसअघि आफुमाथि पनि प्रहरीले अनुसन्धान गर्न सक्ने डरले मञ्जु नगएको बताइन्छ ।

तर, अनुसन्धान अन्तिम चरणमा पुगेको र आफुविरुद्ध तत्काल सोधपुछ नहुने पक्का भएपछि उनी भेट्न गएको हुनसक्ने धेरैको आँकलन छ । बालकृष्णका दाजुभाउजु, भाइलगायत आफन्त पुगेपनि मञ्जु भने गएकी थिइनन् । यो प्रकरणमा मञ्जुको पनि नाम जोडिएको थियो ।

तर प्रहरीले प्रमाण नपुगेको भन्दै उनलाई भने अनुसन्धानको दायरामा ल्याएको छैन् । खाँण निजीसचिव नरेन्द्र केसीसँगै चावाहिलस्थित निवासबाट पक्राउ परेका थिए । खाँण पक्राउ पर्दा पनि मञ्जु घरमा थिइनन् । यसअघि मञ्जु विदेश गएको हल्लाका बीच उनी जेठ ४ गतेको प्रतिनिधिसभा बैठकमा उपस्थित भएकी थिइन् ।

प्रहरीले आज सरकारी वकिलको कार्यालयमा शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको बेला मञ्जु आफ्ना पति खाँणलाई भेट्न पुगेकी हुनु । पक्राउ १६ र फरार १६ गरी ३२ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरी निष्कर्ष छ । संलग्नता पुष्टि हुन नसकेका थप व्यक्तिमाथि दोस्रो चरणमा अनुसन्धान गरी पूरक अभियोग लैजाने प्रहरीको तयारी छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउन तयारी गरेपनि साढे ५ बजेतिर नभ्याउने बताएको थियो । प्रतिवेदनको अन्तिम फाइल तयार नभएकाले आइतबार प्रहरीले प्रतिवेदन बुझाउन सकेको थिएन । आज सकेसम्म चाँडै प्रतिवेदन बुझाउने तयारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एएसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

यस्तै आइतबार मात्रै थप पाँच जनाले आङटावा शेर्पाविरूद्ध जाहेरी दिएका थिए । योसँगै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरीको संख्या १२५ पुगेको छ । यस प्रकरणमा इन्द्रजित राईका छोरा निरज, बादलका छोरा प्रतिकसहित १६ जना अझै फरार रहेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top