आज सुनको भाउ स्थिर, चाँदी भने घट्यो

८ जेठ,काठमाडौं ।

Advertisement

सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला आठ सय रुपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।त्यसैगरी, सोमबार चाँदीको मूल्य भने घटेको छ।आइतबार प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ७५ रुपैयाँमा किनबेच भएको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।

Advertisement

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top