चन्द्रमामा मानिस पुर्याउने जिम्मा ब्लु ओरिजिनले पायो

चन्द्रमामा मानिस पुर्याउने जिम्मा ब्लु ओरिजिनले पायो

९ जेठ, एजेन्सी ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्र धरातलमा मानव अवतरण गराउने अभियानले तीव्रका साथ अघि बढाइ रहेको छ । २०२९ को सेप्टेम्बरसम्म मानवयुक्त अन्तरिक्ष यान ’आर्टिमिस भी’ प्रक्षेपण गर्ने योजना बनाएको नासाले मानवयुक्त तेस्रो अन्तरिक्ष यान ‘आर्टिमिस भी’ का लागि आवश्यक ‘मुन ल्यान्डिङ’ सिस्टम व्यवस्था गर्न नयाँ कम्पनी छनोट गरेको छ ।

अमेजनका संस्थापक जेफ बेजोसको कम्पनी ब्लु ओरिजिन यसका लागि छनोट भएको हो । नासाको ’आर्टिमिस भी’ का चालक दलहरुलाई चन्द्रमाको सतहमा लैजान आवश्यक ल्यान्डिङ क्राफ्ट निर्माणका लागि नासाले बेजोसको ब्लु ओरिजिन कम्पनीलाई जिम्मा दिएको हो ।

यसअघि बेजोसकै कम्पनीले ब्लु मुन ल्यान्डर परियोजनामा समेत काम गरेको थियो । सोही कम्पनीले ल्यान्डिङ सिस्टम समेत निर्माण गर्ने भएका हो । यसका लागि नासाले सो कम्पनीसँग तीन अर्ब ४० करोड डलरको सम्झौता गरेको छ । यस परियोजनामा डाइनेटिक तथा नर्थरोप ग्राम्यान लगायतका कम्पनीले पनि प्रस्तावना बुझाएका थिए ।

उनीहरुलाई पछि पार्दै ब्लु ओरिजिनले यो परियोजना हात पारको हो । नासाले आफ्नो मानव सहितको पहिलो अन्तरिक्ष यान (ब्चतझष्क क्ष्क्ष्क्ष्) र दोस्रो (ब्चतझष्क क्ष्ख्) लागि भने एलन मस्कको स्पेसएक्सलाई जिम्मा दिएको थियो । ‘आर्टिमिस भी’ परियोजना अन्तर्गत ओरिजिन क्याप्सुलले चार जना अन्तरिक्षयात्रीलाई चन्द्रमामा पु¥याउनेछ ।

चन्द्रमामा पुगिसकेपछि चालक दलका दुई सदस्यले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्न गेटवे स्पेस स्टेशनसँग जोडिएको ब्लु ओरिजिन ल्यान्डर प्रयोग गर्नेछन् । दुई हप्तासम्मको बसाइमा उनीहरूले मुन वाक (चन्द्रमा हिँड्ने), रोभर सञ्चालन गर्ने, वैज्ञानिक परीक्षण गर्नेछन् भने बाँकी दुई जना चालक दलका सदस्य गेटवेमा रही स्टेसन विस्तार र मर्मतको काम गर्ने बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.