Nepal Times
Nepal Times
3
Shares

गिनिज बुकमा नाम लेखाएको विश्वकै महंगो आइसक्रिम कस्तो छ?

गिनिज बुकमा नाम लेखाएको विश्वकै महंगो आइसक्रिम कस्तो छ?

९ जेठ, एजेन्सी ।
यो ’ह्वाइट नाइट’ नाम गरेको आइसक्रिम हो । र यो आइसक्रिम विश्वकै महंगो आइसक्रिम बनेको छ । जापानी भाषामा ’वाकुया’ भनेर चिनिने यो आइसक्रिम विश्वकै महंगो भएको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ । यो आइक्रिमको मूल्य ६ हजार ३८० अमेरिकी डलर (करिब ८ लाख ४४ हजार नेपाली रुपैयाँ) पर्छ ।

जापानी आइक्रिम ब्रयान्ड सेलाटोले ’ह्वाइट नाइट’लाई ’गेलेटो’ भनेर उल्लेख गरेको छ । यो शब्द इटालियन भाषाबाट लिइएको हो । ’ह्वाइट नाइट’ आइसक्रिम बनाउन चाहिने ’ह्वाइट ट्रफल्स’ इटालीको अल्बा शहरबाट ल्याइने गरिन्छ । सो ट्रफल्सको मूल्य प्रतिकेजी १४ हजार ५०० अमेरिकी डलर (करिब १९ लाख १२ हजार) पर्छ ।

आइक्रिमको माथि ’इडिबल गोल्ड’, दुई प्रकारको चिज र ’सकेकासु’ नाम गरेको खानेकुरा पनि राखिन्छ । ’यो आइसक्रम बनाउन हामीलाई साढे एक वर्ष लाग्यो । त्रुटिहरू हटाउँदे सही स्वाद प्राप्त गर्न धेरै परीक्षण ग¥यौं,’ कम्पनीका एक व्यक्तिले गिनिज वर्ल्ड रेकर्डसलाई भनेका छन् ।

कम्पनीले आफ्नो योजना स्वादिष्ट र महंगो ’डेजर्ट’ बनाउनेमात्र नभएको जनाएको छ । युरोपेली सामग्री र परम्परागत जापानी खानाहरू ’मर्ज’ गरेर साहसिक पाककला सिर्जना गर्ने योजना रहेको कम्पनीले जनाएको छ । सेलाटोले आफ्नो वेबसाइटमा सो आइक्रिमलाई बिक्रीमा राखेको छ । र, ग्राहकको अर्डर बमोजिम ’सिपिङ’को व्यवस्था समेत गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.