×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

गिनिज बुकमा नाम लेखाएको विश्वकै महंगो आइसक्रिम कस्तो छ?

९ जेष्ठ २०८०

९ जेठ, एजेन्सी ।
यो ’ह्वाइट नाइट’ नाम गरेको आइसक्रिम हो । र यो आइसक्रिम विश्वकै महंगो आइसक्रिम बनेको छ । जापानी भाषामा ’वाकुया’ भनेर चिनिने यो आइसक्रिम विश्वकै महंगो भएको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ । यो आइक्रिमको मूल्य ६ हजार ३८० अमेरिकी डलर (करिब ८ लाख ४४ हजार नेपाली रुपैयाँ) पर्छ ।

Advertisement
Advertisement

जापानी आइक्रिम ब्रयान्ड सेलाटोले ’ह्वाइट नाइट’लाई ’गेलेटो’ भनेर उल्लेख गरेको छ । यो शब्द इटालियन भाषाबाट लिइएको हो । ’ह्वाइट नाइट’ आइसक्रिम बनाउन चाहिने ’ह्वाइट ट्रफल्स’ इटालीको अल्बा शहरबाट ल्याइने गरिन्छ । सो ट्रफल्सको मूल्य प्रतिकेजी १४ हजार ५०० अमेरिकी डलर (करिब १९ लाख १२ हजार) पर्छ ।

आइक्रिमको माथि ’इडिबल गोल्ड’, दुई प्रकारको चिज र ’सकेकासु’ नाम गरेको खानेकुरा पनि राखिन्छ । ’यो आइसक्रम बनाउन हामीलाई साढे एक वर्ष लाग्यो । त्रुटिहरू हटाउँदे सही स्वाद प्राप्त गर्न धेरै परीक्षण ग¥यौं,’ कम्पनीका एक व्यक्तिले गिनिज वर्ल्ड रेकर्डसलाई भनेका छन् ।

Advertisement
Advertisement

कम्पनीले आफ्नो योजना स्वादिष्ट र महंगो ’डेजर्ट’ बनाउनेमात्र नभएको जनाएको छ । युरोपेली सामग्री र परम्परागत जापानी खानाहरू ’मर्ज’ गरेर साहसिक पाककला सिर्जना गर्ने योजना रहेको कम्पनीले जनाएको छ । सेलाटोले आफ्नो वेबसाइटमा सो आइक्रिमलाई बिक्रीमा राखेको छ । र, ग्राहकको अर्डर बमोजिम ’सिपिङ’को व्यवस्था समेत गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top