×

NEPAL TIMES UPDATES

Playing
रविले जे बोले पनि हाइलाइट,सबै दलको मुक्तकण्ठले गरे प्रशंसा|| Nepal Times
May 10, 2026
Playing
किमको जीवनसँग जोडियो परमाणु हमला, हत्या भए सिधै आक्रमण|| Nepal Times
May 10, 2026
Playing
बालेन सरकारले कस्तो ल्याउँदैछ बजेट ? अर्थमन्त्रीले दिए यस्तो आश्वासन || Nepal Times
May 10, 2026
Playing
प्रचण्ड आत्तिए ,नेपालमा कम्युनिस्ट नै सखाप हुने डर|| Nepal Times
May 10, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-27-2083 || Nepal Times
May 10, 2026
Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026

प्रचण्ड भन्छन्, ‘म जस्तो प्रधानमन्त्री सितिमिति भेटिदैन’

९ जेष्ठ २०८०

९ जेठ,एजेन्सी ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूजस्तो प्रधानमन्त्री सितिमिति नभेटिने बताएका छन् । मंगलबार राष्ट्रिय सभामा सरकारको नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘अघिल्लोपटक सत्तापक्ष र प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री हुँ मचाहिँ ।

यस्तो प्रधानमन्त्री पनि सितिमिति भेटिँदैन, नेपालको इतिहासमा मौलिक भेटिएको छ । ९९. २५ प्रतिशतले समर्थन गरेको, प्रतिनिधि सभाको शत प्रतिशतले समर्थन गरेर बनेको प्रधानमन्त्री भेटिदैन,’ उनले भने । यस्तै प्रचण्डले छिमेकी देश भारत वा चीन कुन देश पहिलो भ्रमण गर्ने भन्ने बाध्यता नरहेको बताएका छन् ।

Advertisement
Advertisement

‘प्रधानमन्त्रीले पहिले कताको भ्रमण गर्ने भन्ने बाध्यता छैन । समय परिस्थिति अनुसार गर्ने हो । पहिलोपटक प्रधानमन्त्री हुँदा उत्तरबाट गरेको थिएँ,’ उनले भने । जनसम्बन्धको दृष्टिले भारतको भ्रमण परम्परा जस्तो भएको प्रचण्डले बताए ।

गत शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको मंगलबार राष्ट्रियसभामा जवाफ दिने क्रममा उनले भने, ‘हामीले भारत र चीन भ्रमण पहिले कुनमा गर्ने भनेर कहीँ भनेका छैनौँ, लेखेका छैनौँ’, ‘त्यसको उदाहरण म आफैँ पनि यहीँ छु।’ गत चैत १४ देखि चार दिनसम्म चीनको बोआओ सहरमा भएको उक्त फोरममा जाने योजना नेपाल सरकारका कारण रद्द नभएको उनले बताएका हुन् ।

‘चीनले बोआओ फोरममा निम्ता गरेकै हो । त्यहाँ नजाने भनेर नेपाल सरकारले निर्णय गरेको होइन’, उनले भने, ‘त्यसबेला राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको चटारो थियो । गठबन्धन पनि टुट्ने फुट्ने भइरहेको थियो ।’ त्यहीकारण चिनियाँ राजदूतले नै आफूलाई भेटेर बोआओ फोरममा जान अफ्ठ्यारो पर्न सक्ने भनेको पनि उनले खुलाए ।

‘चिनियाँ राजदूतले नै उपराष्ट्रपति र राष्ट्रपति निर्वाचनबारे बुझेर तपाईंलाई निकै अफ्ठ्यरो देखिन्छ । बोआओ फोरममा जान नसकिएला कि भन्नु भएको हो’, उनले भने, ‘त्यसपछि मैले अफ्ठ्यारो बुझिदिनु भयो भनेर धन्यवाद भनेको हुँ। तर हाम्रा कारण चीन जाने योजना रोकिएको होइन।’

यस्तै प्रधानमन्त्री प्रचण्डले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार स्पष्ट रहेको दाबी गरेका छन्। साथै प्रधानमन्त्रीले परराष्ट्र नीति सबै दलहरुको साझा धाराणा हुनुपर्ने बताएका छन्।

Advertisement
Advertisement

‘परराष्ट्र नीति सञ्चालनमा सबै राजनीतिक दलबाट एउटै धारणा हुनुपर्छ भन्ने कुरामा सरकार विश्वास राख्दछ। राष्ट्रिय हितलाई सर्वोपरी राखी सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा छिमेकीलगायत सबै मित्रराष्ट्रसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्रीले भने, ‘देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान र सीमानाको सुरक्षाको लागि सरकार सदैव सचेत र प्रतिबद्ध छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार बडो प्रस्ट छ।’

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top