बृहत् नेपाली शब्दकोश परिमार्जन गर्ने प्रज्ञा प्रतिष्ठानको निर्णय

१२ जेठ,काठमाडौँ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले बृहत् नेपाली शब्दकोशलाई परिमार्जन गर्ने भएको छ । शुक्रबार प्रतिष्ठानमा नयाँ नेतृत्व आएको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बृहत् नेपाली शब्दकोशमा विवाद रहेको भन्दै परिमार्जन गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका कुलपति भूपाल राईले यसअघि छापिएको बृहत् नेपाली शब्दकोशमा विवादित शब्दहरुको रहेको भन्दै धेरै उजुरी आएको बताए । बृहत् नेपाली शब्दकोशमा कुनैपनि विवाद नआउने गरी परिमार्जन गर्ने निर्णयमा पुगेको उनले बताए ।

राईले बृहत् शब्दकोश परिमार्जनको लागि सामाजिक संस्था र सरोकारवाला निकायहरूसँग छलफल गरी समिति बनाएर काम अगाडि बढाउने बताए । हरेक वर्ष असार ९ गते हुने राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक, सहभागितामूलक र समावेशी बनाउने उनले बताए ।

प्रतिष्ठानले साहित्य पत्रिका र पत्रकारलाई दिने गरेको अनुदानको सट्टा दुई जना विशिष्ट साहित्य पत्रकारहरुलाई साहित्यिक पत्रकारिता राष्ट्रिय पुरस्कारबाट सम्मान गरिने निर्णय भएको उनले बताए ।

कुलपति राईले प्रतिष्ठानले १२३ भाषा र १२५ बढी जातजातिलाई समेटेर लैजानुपर्ने चुनौती रहेको बताए । आगामी ४ वर्षमा प्रतिष्ठानलाई सबैको प्रज्ञा प्रतिष्ठान बनाउने योजना रहेको उनले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top