×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

बेंग्लोरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज २५ मिनेटमै काठमाडौं फर्कियो

१३ जेष्ठ २०८०

१३ जेठ, काठमाण्डौ ।
शनिवार दिउँसो काठमाडौंबाट बेंग्लोरका लागि उडेको नेपाल वायुसेवा निगमको आरए–२२५ जहाज २५ मिनेटमै पुनः काठमाडौं नै फर्किएको छ । उडान भरेको २५ मिनेटमै सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।

पाइलटले जहाजमा चरा ठोकिएको रिपोर्ट गरे लगत्तै उडान डाइभर्ट गरेको विमानस्थल प्रवक्ता टेकनाथ सिटौलाले बताए । ’एक सय ५६ जना सवार जहाज सकुशल अवतरण भइसकेको छ । जहाजमा चरा ठोकिएको अनुमानित रिपोर्ट आएको छ ।

Advertisement
Advertisement

अहिले भएको के हो भन्ने विषयमा निरीक्षण र परीक्षण सुरु भइसकेको छ,’ प्रवक्ता सिटौलाले भने । उनका अनुसार यो जहाज १ः४५ बजे उडान गरेको थियो भने २ः१० मा अवतरण गरिएको हो । जहाजले ४० माइल पार गरेपछि समस्या आएको उनले जानकारी दिए ।

यतिबेला समस्याबारे जाँच भइरहेको छ । यसअघि फ्लाइ दुबइको विमानमा विवादित बन्न पुगेको थियो । विमानमा चरा ठोक्किएको वा नठोक्किएको भन्ने विवाद निरुपण भइसकेको छैन ।

Advertisement

सुरुमा चरा ठोक्किएकाले ल्यान्ड गर्न प्रयास गरेको भए पनि पछि दुवई उडान जारी राखेको थियो । पाइलटले चरा ठोक्किएको बताए पनि नेपाल एयरलाइन्सको विमानमा साँच्चै चरा ठोक्किएको हो या होइन अनुसन्धानपछि थाहा हुने सिटौलाले बताए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top