आईपीएल च्याम्पियन चेन्नईले कति पायो पुरस्कार ?

१६ जेठ, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नई सुपर किङ्ग्सले जितेको छ । गएराति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले हराउँदै चेन्नई पाँचौँ पटक च्याम्पियन बन्यो । जितसँगै चेन्नईले मुम्बई इन्डियन्ससँग उपाधिमा बराबर गरेको छ ।

उपाधिसँगै चेन्नईले २० करोड भारु पुरस्कार जितेको छ । यस्तै, उपविजेता गुजरातले १३ करोड भारुमा चित्त बुझाएको छ । डक वर्थ लुईसमा ओभर घटाउँदै चेन्नईले १५ ओभरमा १ सय ७१ रनको लक्ष्य पाएको थियो । चेन्नईले यसअघि सन् २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो । वर्षाको कारण खेल पाँच ओभर घटाइएको थियो ।

सुरुमा २ सय १५ रनको लक्ष्य पाएको चेन्नईले पहिलो ओभरमा नै पानी परेपछि खेल रोकिएको थियो । चेन्नईका डेभन कन्वे ४७ तथा ऋतुराज गायकवाड २६ रनमा आउट भए । शिवम् दुबे ३२ रनमा र रविन्द्र जडेजा १५ रनमा अविजित रहे । चेन्नईलाई जितको लागि अन्तिम ६ बलमा १३ रन चाहिँएको थियो ।

तीव्र गतिका बलर मोहित शर्माले सानदार बलिङका साथ सुरुवाती चार बलमा मात्रै तीन रन चाहिँएपछि अन्तिम दुई बलमा १० रन चाहिँएको थियो । जडेजा पाँचौं बलमा लङअफमा सानदार छक्का प्रहार गर्दै जितको सम्भावना कायमै राखेका थिए । अन्तिम बलमा चार रन चाहिँदा जडेजाले चौकाका साथ च्याम्पियन बनाएका हुन् ।

गुजरातका मोहित शर्माले ३ विकेट लिए । त्यस्तै, नुर अहमदले २ विकेट लिए । त्यसअघि अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । गुजरातका साई सुदर्शनले सर्वाधिक ९६ रन जोडे ।

ऋद्धिमान शाह ५४ रनमा तथा शुभमन गिल ३९ रनमा आउट भए । चेन्नईका मथिसा पाथिरानाले २ विकेट लिए । दीपक चाहर र रविन्द्र जडेजाले समान एक÷एक विकेट लिए । महेन्द्रसिंह धोनीको टोली चेन्नई पाँचौँपल्ट च्याम्पियन बन्दा साविक विजेता गुजरात उपाधि रक्षा गर्न असफल भयो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top