मोटरसाइकलको कर घट्यो,कसको कति ?

१६ जेठ, काठमाण्डौ ।
सरकारले आगामी वर्षको बजेटमार्फत मोटरसाइकलको कर घटाएको छ । २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा सरकारले कर घटाएपछि अब मूल्य पनि घट्ने भएको छ । भन्सार दर बजेट भाषण भएको भोलिपल्टदेखि नै कार्यान्वयनमा आउने हुँदा आज (जेठ १६) देखि आयात हुने मोटरसाइकलमा घटेको कर लागू हुनेछ ।

कर घटेपछि आयातकर्ताले सोहीअनुसार मूल्य समायोजन गर्नुपर्ने हुन्छ । सोमबार बजेट भाषण गर्दै सरकारले २०० देखी २५० सीसीसम्मका मोटरसाइकलमा अन्तःशुल्क घटाएको छ । हाल ८० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा २० प्रतिशत घटाइ ६० प्रतिशत कायम गरेको हो । आर्थिक विधेयक २०८० मार्फत् एसेम्बल, अनएसेम्बल दुवै मोटरसाइलकमा कर घटाइएको छ ।

२५० देखी ५०० सीसीसम्मका अनएसेम्बल अवस्थाका मोटरसाइकलमा ४० प्रतिशत लाग्नै आएकोमा वर्ग परिवर्तन गरेको छ । २५० देखि ४०० सीसीसम्मका मोटरसाइलमा ६० प्रतिशत लाग्ने व्यवस्था गरेको छ । यसमा २० प्रतिशतले कर बढाएको छ । ४०० देखी ५०० सीसीसम्मका अनएसेम्बल अवस्थामा ६० प्रतिशत र तयारी अवस्थाका मोटरसाइलमा ८० प्रतिशत लाग्ने व्यवस्था गरेको छ ।

५०० सीसी माथीका सबै मोटरसाइकलमा १०० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्थालाई निरन्तरता दिएको छ । त्यस्तै नेपालमै एसम्बल गर्नेकालागि २०० सीसी देखि २५० सीसीसम्मकामा ३० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको छ । तयारी अवस्थाका मोटरसाइलमा ४० प्रतिशतलाई निरन्तरता दिएको छ । २५० देखि ५०० सीसी सम्मका नेपालमा बन्ने मोटरसाइकलमा ३० प्रतिशत मात्रै भन्सार लाग्ने व्यवस्था गरेको छ ।

तयारी अवस्थाका मोटरसाइकलमा ७० प्रतिशत लाग्दै आएको छ । यस्तै सामाजिक सुरक्षा कोषमा आबद्ध विदेशमा काम गर्ने नेपालीले स्वदेश आउँदा ल्याउने टेलिभिजनमा कर नलाग्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत विनाकर टेलिभिजन ल्याउन पाउने घोषणा गरेका हुन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top