रकेटसहित समुद्रमा खस्यो किमको जासुसी भूउपग्रह

१७ जेठ, एजेन्सी ।
अमेरिका र दक्षिण कोरियाबाट आउन सक्ने खतरा पत्ता लगाउन भन्दै उत्तर कोरियाले निर्माण गरेको जासुसी भूउपग्रहको प्रक्षेपण असफल भएको छ । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले अन्तरिक्षमा पठाउन लागेको भूउपग्रह रकेटसहित टुक्रा टुक्रा बन्दै समुद्रमा खसेको पाइएको छ ।

उत्तर कोरियाबाट मंगलबार प्रक्षेपण भएको रकेट दक्षिण कोरियाको इयोच्योङ टापुदेखि दुई सय किलोमिटर टाढा समुद्रमा खसेको भेटिएको हो । दक्षिण कोरियाले उत्तर कोरियाली रकेट नष्ट भएपछिका टुक्राहरूको फोटो सार्वजनिक गरेको छ । उत्तर कोरियाको समाचार संस्था केसीएनएनले पनि इन्जिन र इन्धन प्रणालीमा अस्थिरता निम्तदा ‘चोल्लिमा–१’ भूउपग्रहको प्रक्षेपण असफल भएको पुष्टि गरेको छ ।

उत्तर कोरियाले सन् २०१६ यता पहिलोपटक र सबै प्रयास गरेर छैठौँपटक जासुसी भूउपग्रह अन्तरिक्षमा तैनाथ गर्ने प्रयत्न गरेको हो । पछिल्ला दिनहरूमा अमेरिका र दक्षिण कोरियाका सेनाले उत्तर कोरियाली सीमा क्षेत्रमा संयुक्त युद्ध अभ्यास गरिरहेका छन् ।

उत्तरका सर्वोच्च नेता किम जोङ उनले यी दुई राष्ट्रको युद्ध अभ्यासलाई आफ्नो देशमाथि आक्रमणको प्रशिक्षण र योजना भनिरहेका छन् । हाल उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र परीक्षण कार्यक्रमलाई तीव्रता दिइरहेको छ भने यी दुई राष्ट्रबाट उत्पन्न हुने खतराको निगरानी गर्न भन्दै उसले जासुसी भूउपग्रह प्रक्षेपणको प्रयास गरिरहेको हो ।

तर सन् २०१६ पछिको पहिलो प्रयासमै उत्तर कोरिया अन्तरिक्षमा भूउपग्रह तैनाथ गर्न असफल हुन पुग्यो । मंगलबार मात्र दक्षिण कोरियाले अमेरिका र आफ्नो गुप्तचर विभागले उत्तर कोरियाली जासुसी भूउपग्रहको विषयमा चनाखो भएर नजिकैबाट निगरानी गरिरहेको बताएको थियो ।

सोमबार मात्र जापानले भूउपग्रहको नाममा प्योङयाङले क्षेप्यास्त्रहरू परीक्षण गरिरहेको आरोप लगाएको थियो । आफ्ना भूमिवरपर ती क्षेप्यास्त्रहरू आएको खण्डमा त्यसलाई आफूले नष्ट गरिदिने पनि जापानको भनाइ छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top