मुर्रा राँगोले सामाजिक संजालदेखि संसद ताँतियो

२१ जेठ, काठमाण्डौ ।
आफ्नो ४ दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिब्यक्तिको कारण अहिले नेपालको राजनीति तरंगित बनेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लगायत तीन प्रतिपक्ष दलहरुले संसदको बैठक नै अवरुद्ध पारेका छन् । देशको समग्र हितको रक्षपछि मात्रै संसदको अवरोध खुल्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

Advertisement

सदन अवरुद्ध गर्दै एमाले सांसदहरुले लगाएको भैसीसँग देश बेच्न पाइदैन भन्ने नाराले यसअघि देखिनै सामाजिक संजालमा तीव्र आलोचना हुदै आएको भारतसँग भैसी मागिएको विषयले थप चासो बढाएको छ । प्रधानमन्त्रीले भारतसँग भैसी मागेको भन्दै सामाजिक संजालमा समेत विभिन्न टिप्पणी भइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतले नेपाललाई १५ वटा मुर्रा जातका राँगो दिने सम्झौता भएको छ । । भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी गराएपछि यस विषयमा सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका थिए । मुर्रा उन्नत २० राँगोको जातमध्येको एक हो र यसको सबैभन्दा उत्कृष्ट गन्तव्य दक्षिणी भारत हो ।

Advertisement

नेपालले भारतसँग २०७३ सालदेखि खरिद नै गरेर ल्याउने प्रयास गरिरहेपनि भारतको रैथाने अनुवांशिक वस्तु अन्यत्र लैजान कडा नीति भएका कारण यो सफल नभएको पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार नेपालमा अहिले मुर्रा जातका भैँसीहरु पालिएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार १५ वटा मुर्रा राँगाको मूल्य झन्डै ४५ लाख रुपैयाँ हुन आउँछ।

मुर्रा जातका राँगा भित्र्याएपश्चात् नेपाली भैँसीको नश्ल सुधार तथा दूधको उत्पादकत्वमा पनि बढावा हुने विभागको अपेक्षा छ । मुर्रा जातका भैँसीले अन्य जातका भैँसीभन्दा बढी दूध दिने र १२ बेतसम्म पनि दूध दिइरहने भएकाले भारतको दिल्ली, हरियाना, पञ्जाबलगायतका क्षेत्रमा व्यावसायिक मुर्रा पाल्ने कृषकको संख्या ठूलो छ ।

Advertisement

यसले दैनिक १० देखि १६ लिटरसम्म र एक बेतमा २७० देखि ३०० दिनसम्म दूध दिने गरेको पाइन्छ । भारतमा यसको मूल्य ६० हजारदेखि एक लाख ३० हजार रुपैयाँ भारुसम्म पर्ने गरेको छ । भारत सरकारले दिन लागेका मुर्रा जातका राँगालाई कृत्रिम गर्भाधानका लागि पोखरा र लहानमा राखिने भएको छ । पोखरा र लहानमा रहेका प्रजनन् केन्द्रबाट मुर्राको वीर्य उत्पादन तथा वितरण गरी विभिन्न सरकारी कृषि फार्महरुमा पु¥याइने योजना छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top