प्रेसको स्टिकर टाँसी राजस्व छल्ने दुई जना पक्राउ

२२ जेठ , काठमाडौँ ।

Advertisement

प्रेसको स्टिकर टाँसेर राजस्व छलेका सामान ओसारेको आरोपमा दुई जनालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ।आइतबार राति ९ बजे ललितपुर महानगरपालिका २६ चिबहालबाट राजस्व छलेका २० लाख बराबरका सामानसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।

पक्राउ पर्नेमा चालक बारा जितपुर सिमरा उपमहानगरपालिका १४ डुम्बरवाना बस्ने ३४ वर्षीय दिपकप्रसाद लामिछाने र भारतको विहार, मोतिहारी छतौनी ग्राम पञ्चायत ११ का २८ वर्षीय सचिनकुमार चौरासिया छन्।

Advertisement

गएराति प्रहरी वृत्त चापागाउँबाट चिबहालमा नियमित चेकिङ भइरहेको थियो। त्यसक्रममा प्रेसको स्टिकर टाँसेको बागमती प्रदेश ०१ ०२६ च ८९८० नम्बरको गाडीमाथि प्रहरीले चेक गरेको थियो।

उक्त गाडीभित्र २० लाख रुपैयाँ बराबरका राजस्व छलेका सामान भेटिएपछि गाडी, सामान र दुई जनालाई पक्राउ गरेको एसपी कार्कीले बताए। उनीहरूबाट म्याद सकिएको प्रेस परिचय पत्र पनि प्रहरीले बराबद गरेको हो।एसपी कार्कीका अनुसार बाराको पाल टिभी नेपाल नामको प्रेस परिचय पत्र भेटिएको हो।

Advertisement

जसमा अर्कै व्यक्तिहरूको नाम उल्लेख छ।रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुट्का, कत्था लगायत अन्दानी २० लाख ७३ हजार ५९० रुपैयाँ बराबरको सामान बरामद भएको हो।उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरीले आन्तरिक राजश्व कार्यालय हरिहरभवन पुल्चोक पठाएको एसपी कार्कीले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top