प्रतितोला आठ सय रुपैयाँले महँगियो सुन, चाँदी कसरी ?

Share this
757shares

२६ जेठ, काठमाण्डौ ।

Advertisement

शुक्रबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला आठ सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

बिहीबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा किनबेच भएको थियो।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top