विश्वकप छनोट खेल्न जिम्बावे उड्यो नेपाली टोली

२८ जेष्ठ, काठमाण्डौ ।

Advertisement

आइसिसी एकदिवसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली जिम्बावेतर्फ गएको छ। दक्षिण अफ्रिकामा दश दिन तयारी गरेपछि नेपाली टिम उतैबाट आज जिम्बावे गएको हो। दक्षिण अफ्रिकामा रहदा नेपालले दुई अभ्यास खेलेको थियो।

स्कटल्यान्ड र नेदरल्यान्ड्स दुवै टिमविरुद्धको अभ्यास नेपाल कमजोर ब्याटिङ गर्दा पराजित भएको थियो। अब नेपालले जिम्बावेमा प्रतियोगिताअघि ओमान र युएईसँग वार्मअप खेल खेल्नेछ। १० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ।

Advertisement

समूहमा नेपालसहित, दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्। नेपालले आफ्नो पहिलो खेल १८ जुनमा (असार ३) आयोजक जिम्बावेसँग खेल्नेछ।

यस्तै नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ। वेस्ट इन्डिज दुई पटकको विश्व विजेता हो । उसले १९७५ र १९७९ को विश्वकप जितेको थियो ।

Advertisement

वेस्ट इन्डिजले २०१२ र २०१६ मा गरी दुई पटक नै टि २० विश्वकप क्रिकेटको उपाधि समेत उचालिसकेको छ । पाँच–पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टिम पुग्नेछन्।

सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

विश्वकप छनोटका लागि नेपाली टिमबाट कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, किशोर महतोले खेल्नेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top