मेसीले छाडेपछि एम्बाप्पेलाई पनि बेच्दै पिएसजी

३० जेठ, एजेन्सी ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यसै समरमा आफ्नो टोलीको महत्वपूर्ण फरवार्ड केलियन एमबाप्पेलाई पनि बेच्ने तयारी गरेको छ । विश्वकप विजेता लियोनेल मेसीले छाडेको केही सातामै अर्का स्टार स्ट्राइकरले पनि पिएसजी छाड्ने भएका हुन् । पिएसजीमा एमबाप्पेको सम्झौता अर्काे वर्षको समरसँगै सकिदैछ ।

एमबाप्पेले आफ्नो सम्झौता नविकरण नगर्ने बताएपछि पिएसजीले एक वर्षको अवधिमा सित्तैमा गुमाउने जोखिमको सट्टा एमबाप्पेलाई बेच्ने तयारी गरेको हो । फ्रान्सेली फरवार्डको हालको सम्झौता अर्को वर्षको विकल्पको साथ अर्को सिजनको अन्त्यमा समाप्त हुदैछ । दुई पक्षबीचको यो निर्णयसँगै स्पेनिस क्लब रियल मड्रिड एम्बाप्पेलाई भित्र्याउने तयारीमा लागेको छ ।

रियल मड्रिडले अघिल्ला दुई सिजनमा पनि एम्बाप्पेलाई भित्र्याउ चाहेको थियो । सफल स्ट्राइकर करिम बेन्जेमा यसै सिजन साउदी अरेबियाको अल इत्तिहादमा आवद्ध भएपछि रियल अहिले उनको विकल्पको खोजीमा छ । पिएसजीले २४ वर्षीय एम्बाप्पेसँग सन् २०२५ जुनसम्म सम्झौता नवीकरण तयारी गरेको थियो । तर एम्बाप्पेले क्लबसँग नयाँ सम्झौता नगर्ने निर्णयको पत्र पठाएसँगै उनी अब जुन २४ देखि फ्री हुनेछन् ।

तर त्यसअघि नै उनलाई बेच्ने तयारी पीएसजीले गरेको हो । अब उनलाई नयाँ सिजनसँगै अर्को क्लबमा बेच्ने गरी पिएसजीले छलफल अघि बढाएको छ । फ्री एजेन्टको हातमा पुग्नुअघि नै पिएसजीले एम्बाप्पेलाई चाहेको मूल्यमा बेच्नेछ । उनलाई पिएसजीले सन् २०१७ मा फ्रान्सेली क्लब मोनाकोबाट किनेको थियो ।

एमबाप्पेले क्लबका लागि २६० खेलमा २१२ गोल गरेका छन् । उनले फ्रान्सका लागि ६८ खेलमा ३८ गोल गरेका छन् । गत वर्ष कतारमा भएको फाइनलमा फ्रान्सका तर्फबाट उनले अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेपनि टोली उपाधि रक्षाबाट विमुख बनेको थियो । एमबाप्पे पछिल्लो सबै पाँच सिजनमा लिग वानको शीर्ष गोलकर्ता रहेका छन् ।

उनले पिएसजीमा आफ्नो ६ सिजनमा ५ लिग वान उपाधि जितेका छन् । एमबाप्पेले पिएसजी छाडेपछि क्लव स्टार खेलाडीविहीन बन्नेछ । मेसीपछि पिएसजीकै ब्राजिली फरवार्ड नेयमार पनि क्लब छाड्ने तयारीमा छन् । उनी ठूलो रकममा साउदी अरेबियाको क्लब अल हिलालसँग जोडिने संभावना छ । यद्यपि उनलाई न्यूक्यासल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीले भित्र्याउन चाहेको बताइन्छ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top