भारत र अष्ट्रेलिया आइसिसीले कारबाही गर्याे

३० जेठ, एजेन्सी ।
भारतीय क्रिकेट टोली र युवा ब्याटर शुभमन गिल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिस) को कारबाहीमा परेका छन् । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा स्वलो ओभर रेटको कारण भारतलाई म्याच फिको १ सय प्रतिशत जरिवाना लागेको छ । अष्ट्रेलिया क्रिकेट टोलीलाई म्याच फिको ८० प्रतिशत स्वलो ओभरको कारण जरिवना लागेको छ ।

निर्धारित समय भन्दा भारतले पाँच र अष्ट्रेलियाले चार ओभर ढिलो गरेको कारण कारबाही गरेको उक्त खेलको म्याच रेफ्री रिची रिचर्ड्सले जनाएका छन् । आइसिसीको नियम अनुसार एक ओभर ढिलो भएका म्याच फि को २० प्रतिशत जरिवाना लाग्ने गर्दछ । त्यसैको कारण भारतलाई १ सय प्रतिशत र अष्ट्रेलियालाई ८० प्रतिशत म्याच फि जरिवाना लागेको हो ।

उता शुभमन गिललाई थप अतिरिक्त १५ प्रतिशत जरिवना लागेको छ । अम्पायरको निर्णयविरुद्ध असन्तुष्ट हुँदै सामाजिक सञ्जालमा पोष्ट गरेका गिललाई आइसिसीले जरिवना लगाएको छ । गिल चौथो दिन दोस्रो इनिङमा तीव्र गतिका बलर स्कट बोलान्डको बलमा क्यामरन ग्रीनबाट क्याच आउट भएका थिए । ग्रीनले गल्लीमा एक हातले डाइभ हान्दै उत्कृष्ट क्याच लिएका थिए ।

सामाजिक सञ्जालमा आउट नभएको भन्दै चर्चा चलेको थियो । गिलले चौथो दिन खेल सकिएको केहि समयमा सामाजिक सञ्जालमा उक्त क्याच बारे असन्तुष्ट जनाउँदै एक पोष्ट गरेका थिए । त्यसैको कारण कारबाहीमा परेका हुन् । अष्ट्रेलियाले फाइनलमा भारतलाई २ सय ९ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो ।

भारतलाई पराजित गरेसँगै अष्ट्रेलिया उपाधिसँगै सबै आईसीसी ट्रफीको उपाधि जित्ने पहिलो देश बनेको छ । अष्ट्रेलियाले एक दिवसीय विश्वकप पाँच पटक जितेको छ । टी–२० विश्वकप र विश्व टेष्ट च्याम्पियनशिप एक एक पटक जितेको छ । त्यस्तै च्याम्पियन्स ट्रफी दुई पटक जितेको छ । अष्ट्रेलियाले यू–१९ विश्वकप ३ पटक जितेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top