बालेनसँग झुक्यो ‘आदिपुरुष’ ! हटायो सीताको डाइलग

१ असार, काठमाण्डौ ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’बाट ‘सीता भारतकी छोरी हुन्’ भन्ने गलत संवाद हटाइएको छ। बिहीबार मात्र काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) ले उक्त संवाद् नहटाए महानगरमा उक्त फिल्मसहित कुनै पनि हिन्दी फिल्म चलाउन नदिने चेतावनी दिएका थिए। उनको चेतावनीपछि ‘आदिपुरुष’ फिल्मबाट निर्माताले ‘सीता भारतकी छोरी हुन्’ संवाद फिल्मबाट हटाएको भारतीय पत्रिका टाइम्स अफ इन्डियाले जनाएको छ।

टाइम्स अफ इन्डियाले लेखेको छ, काठमाडौंका मेयर बालेन शाहले नेपालमा रिलिज रोक्ने धम्की दिएपछि ‘आदिपुरुष’का निर्माताले विवादास्पद संवाद ‘सीता भारतकी छोरी हुन् भन्ने संवाद ’ हटाएका छन् । यद्यपि आदिपुरुष’ टिमबाट भने आधिकारिक रुपमा यो संवाद हटाएको र माफी मागेको अहिलेसम्म सार्वजनिक भएको छैन् ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को ट्रेलरमा सीतालाई भारतकी छोरी भनिएको छ। रामायणअनुसार सीताको जन्म नेपालको जनकपुरमा भएको थियो र भगवान् राम आएर उनीसँग विवाह गरे। फिल्ममा यसबाहेक यस्तै अन्य त्रुटि छन् कि छैनन्, त्यो भने हेर्न बाँकी छ। फिल्ममा भगवान् रामको भूमिकामा प्रभास, सीताको भूमिकामा कृति सेनन र लक्ष्मणको भूमिकामा सन्नी सिंह छन्।

Advertisement

 

Advertisement

सैफ अली खान रावणको भूमिकामा छन्। यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ‘आदिपुरुष’मा समेटिएको शब्दप्रति आपत्ति जनाएका थिए । चलचित्रमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन् ’ शब्द नेपालमा मात्रै नभई भारतमा पनि सच्याउनुपर्ने मेयर शाहको भनाइ छ।

उनले सो शब्द नसच्याएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने चेतावनी दिएका छन्। साथै, सो शब्द सच्याउन उनले ३ दिनको समय पनि दिइएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन,’ मेयर शाहले भनेका छन्, ‘यो सच्याउन ३ दिनको समय दिइएको छ। माता सीताको जय होस्।’ मेयर शाहको यो स्टाटसमा सर्वाधिक लाइक, शेयर र कमेन्ट देख्न सकिन्छ ।

स्टाटस ४३ हजार जनाले शेयर गरेका छन् । मेयर शाहले अखण्ड भारत भन्दै नेपालको भूमिसहितको नक्सा सार्वजनिक गरेपछि काउन्टरमा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा समेत राखेका छन्। उनले यो कदमप्रति नेपालमा मात्र नभई भारतीय सञ्चारमाध्यममा पनि चर्चा भइरहेको छ। धेरै भारतीय संचारमाध्यामहरुले बालेनले राखेको ग्रेटर नेपालको नक्सा र पछिल्लो स्टाटसलाई मुख्य हेडलाइन बनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top