×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

सुपरसिक्समा पुग्न नेपालले सुधार्नु पर्ने कमजोरीहरु के छन् ?

२ असार २०८०

२ असार, एजेन्सी ।
आइतबारदेखि जिम्बावेमा आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता सुरु हुँदैछ । जहाँ नेपालले आइतबार नै आफ्नो पहिलो खेल घरेलु टिम जिम्बाब्वेसँग खेल्नेछ । समूह ‘ए’ मा रहेका नेपाल र घरेलु टोली जिम्बाब्वेबीचको खेल हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२ः४५ बजेबाट सुरु हुनेछ ।

जिम्बाब्वेविरुद्ध मैदानमा उत्रँदा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक टेस्ट राष्ट्रको सामना गर्नेछ । नेपालले यसअघि एकदिवसीय अन्तर्राष्ट्रियमा कुनै पनि टेस्ट राष्ट्रविरुद्ध खेल्ने अवसर पाएको थिएन । त्यसैले जिम्बाब्वेविरुद्धको खेल नेपालका लागि ऐतिहासक पनि हुनेछ ।

Advertisement
Advertisement

यसअघि सन् २०१८ मा जिम्बाब्वेमै भएको विश्वकप छनोटमा नेपालले आयोजक जिम्बाब्वेविरुद्ध खेलेपनि नेपालसँग एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता नभएका कारण उक्त खेल ‘लिस्ट ए’ खेलको रुपमा मात्र रहेको थियो । नेपालले उक्त खेल ११६ रनले हारेको थियो । यसै वर्ष भारतमा हुने विश्वकप प्रतियोगिताका लागि छनोट हुन विश्वका १० टिम यतिबेला जिम्बाव्बे पुगेका छन् ।

जसमा समूह ए मा नेपाल, जिम्बाब्वे, वेष्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, यूएई र ओमान छन् । समूह चरणको खेलबाट शीर्ष तीनमा रहने टिम सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सबाट शीर्ष दुईमा रहने टिम भारतमा हुने विश्वकपका लागि चयन हुनेछन् ।

सुपरसिक्समा पुग्ने लक्ष्य लिएको नेपालले दुई खेल जिते सुपरसिक्समा पुग्ने सम्भावना बलियो हुनेछ भने एक खेल जिते अरु खेलको नतिजामा भर पर्नुपर्नेछ । नेपाल पछिल्लो समय आफ्नो क्रिकेट इतिहासकै उच्च लयमा छ । नेपालले विश्वकप छनोटमा स्थान बनाउन आइसिसी विश्वकप लिग २ मा पछिल्ला १२ मध्य ११ खेल जितेको थियो ।

एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने भएको छ । नेपालले पछिल्ला १७ मध्य १६ अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हात पारेको छ । त्यसमध्य विदेशी भूमिमा चार खेल मध्य तीनमा जित र एकमा हार छ । तर पछिल्लो अभ्यास खेल हेर्दा घरेलु मैदान टियुमा सानदार प्रदर्शन गरेको नेपाललाई त्यहिँ लय जिम्बावेमा दोर्याउन सहज देखिदैन ।

नेपालले सानदार प्रदर्शन गर्दै विश्वकपको सुपर सिक्समा स्थान बनाउन टोलीमा भएका कमजोरी सुधार गर्नुपर्ने हुन्छ । नेपालले आइसिसी विश्वकप लिग–२ मा खेलेका पछिल्ला तीन सिरिज र प्रिमियर कपमा फिल्डिङमा कमजोर प्रदर्शन गरेको थियो । नेपालले थुप्रै खेलमा क्याच र रन आउटको अवसर छाडेको थियो । उक्त समस्या नेपालले सुधार गर्नुपर्ने हुन्छ ।

अर्कोतर्फ नेपालले ब्याटिङमा राम्रो सुरुवात गर्न सकेको छैन । नेपालले ओपनरमा कुशल भुर्तेल र आसिफ शेखलाई मैदान उतार्दै आएकोछ । नेपालले खेलेका पछिल्ला सबै अन्तर्राष्ट्रिय खेलमा ओपनरले ठूलो साझेदारी गर्न सकेका छैनन् । ओपनरले ब्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गरेका छन् । कुनै खेलमा कुशल र केहिमा आसिफले ठूला इनिङका साथ जित दिलाएका छन् ।

जिम्बावे तीव्र गतिका बलर सहयोगी मानिन्छ । नेपालले पहिलो रोजाईमा सोमपाल कामी र करण केसीलाई मैदान उतार्दै आएको छ । तर नेपालले तेस्रो तीव्र गतिका बलर पनि टुङ्गो लगाउन आवश्यक देखिन्छ । अकोतर्फ नेपालले पहिला ब्याटिङ गर्दा पनि संघर्ष गर्दै आएको छ । अभ्यास खेलमा नेपालले हारेका तीनै खेल पहिला ब्याटिङ गर्दा थियो ।

नेपालको लक्ष्य पछ्याउँदा राम्रो गर्दै आएको छ । पहिला ब्याटिङ गर्दा भने संयमित हुन आवश्यक छ । नेपाली ब्याटर फिनिसर गर्न पनि चुक्दै आएका छन् । राम्रो फिनिसिङ गर्न पनि त्यतिनै आवश्यक देखिन्छ । यस्तै नेपाली बलरले राम्रो सुरुवात गरेपछि मध्यक्रममा विपक्षी ब्याटरको साझेदारी ब्रेक गर्न सकेका छैन ।

मध्यक्रममा नेपालका स्पिनर सन्दीप लामिछाने बाहेक अन्य बलर विकेट लिन खासै सफल हुन सकेका छैनन् । जसले गर्दा खराब सुरुवातबाट पनि विपक्षीले राम्रो पूनरागमन गर्दै आएका छन् । मध्यक्रममा पनि नेपालले राम्रो विकेट लिन आवश्यक पर्दछ । बायाँ हाते तीव्र गतिका बलर र अर्थोड्रक्स स्पिनर नेपाललाई लगातार भारी बन्दै आएका छन् ।

नेपालले बायाँ हाते तीव्र र स्पिनर दुबै बलरविरुद्ध लगातार खराब प्रदर्शन गर्दै आएको छ । विश्वकप छनोटमा सबै टोलीमा स्तरिय बायाँ हाते बलर छन् । यस्तै नेपालको ठूलो कमजोरी नै डेथ ओभर हो । नेपालले डेथ ओभर अर्थात ४० देखी ५० ओभर सम्म लगातार खराब प्रदर्शन गर्दै आएको छ । टोलीमा डेथ ओभर स्पेलिष्ट बलर छैनन् ।

किशोर महतोले घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेपनि अन्तर्राष्ट्रियमा मौका पाउन सकेका छैनन् । नेपालका प्रमुख बलर सोमपाल, करण र सन्दीप तीनैको डेथ ओभरमा सबैले खराब प्रदर्शन गर्दै आएका छन् । त्यसैको कारण नेपालले डेथ ओभर समस्या समाधान गर्नुपर्ने हुन्छ । अन्यथा टेस्ट टोलीले नेपालविरुद्ध चौका र छक्काको वर्षा गराउँदै विशाल योगफल बनाउन सक्छन् ।

यसैबीच युवा कप्तान रोहित पौडेलले पनि नेपालले लामो समयदेखि विश्वकप छनोटका लागि तयारी गरिरहेको तथा यसका लागि नेपालले कडा मेहनत गरेको बताएका छन् । ‘विगत दुई वर्षदेखि हामीले यस प्रतियोगिताका लागि निकै मेहनत गरिरहेका थियौं र अन्ततः हामीले यो अवसर पाएका छौ,’ आईसीसीसँगको कुराकानीमा कप्तान रोहितले भने ।

रोहितले नेपालले पाएको अवसरलाई सदुपयोग गर्न चाहेको समेत बताएका छन् । ‘हामी यस अवसरलाई सम्मान गर्छौं र हामी यसको सक्दो सदुपयोग गर्न चाहन्छौ । हामी सबै राम्रा क्रिकेट राष्ट्रहरूसँग खेल्न पाउँदा धेरै उत्साहित छौ र प्रतियोगिताको लागि पर्खिरहेका छौ,’ उनले भने ।

यता जिम्बाब्वेका कप्तान क्रेग इर्भिनले पनि प्रतियोगिताका लागि जिम्बाब्वेको तयारी उत्कृष्ट भएको बताएका छन् । नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन २०, वेस्ट इन्डिजविरुद्ध जुन २२ तथा नेदरल्यान्ड्सविरुद्ध जुन २४ मा खेल्ने तालिका रहेको छ । आईसीसीले आज प्रतियोगितामा सहभागी सबै टिमका कप्तानहरूले ट्रफीसँगै लिएर खिचेको तस्वीर सार्वजिनक गरेको छ ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top