×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026

कुशल र शेखले जिम्बावेको बल ध्वस्त बनाए

३ असार २०८०

३ असार, एजेन्सी ।
विश्वकपको छनोट अन्तर्गत पहिलो खेलमा उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको छ । शानदार ब्याटिङ गरेका कुशल किर्तिमानी शतकबा मात्र एक रनले चुकेका छन् । टेस्ट राष्ट्रविरुद्ध पहिलो शतकको खुशी मनाउन रहेका नेपालका समर्थकलाई जिम्बाबेका विलिङ्टन मासाकाद्जाले स्तब्ध बनाएका हुन् ।

उनले कुशललाई ९९ रनको अवस्थामा बोल्ड गरेका छन् । ९९ रन बनाएपनि कुशलको नाम अर्धशतकमा मात्रै समेटिएको छ । घरेलु टिम जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका ओपनर कुशलले ६३ बलमा अर्धशतक पूरा गरेका थिए । उनले ९९ रन जोड्दा १३ चौका र २ छक्का प्रहार गरे ।

Advertisement
Advertisement

कुशल टेस्ट टिमविरूद्ध एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्ने नेपालका पहिलो ब्याटर बनेका छन्। यस्तै आसिफ शेख टेस्ट टिमविरूद्ध एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्ने नेपालका दोस्रो ब्याटर बनेका छन् । उनले सय बलमा ६६ रन बनाएका छन् । ६६ रन जोड्दा उनले ७ चौका प्रहार गरेका छन् ।

यस्तै, आईसीसी विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध नेपालको ओपनिङ जोडी आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि कीर्तिमानी ब्याटिङ गरेका छन् । कुशल र आसिफले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेटका लागि अहिलेसम्मकै उच्च साझेदारी गरेका छन् ।

जोडीले सन् २०२२ को जुन १४ मा ओमानविरुद्ध ११४ रनको साझेदारी गरेका थिए । आज यो जोडीले १७१ रनको साझेदारी गरेका छन् । नेपाल र जिम्बाब्वेबीचकोे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको यो पहिलो खेल हो । नेपालले यसअघि जिम्बाब्वविरुद्ध ५० ओभरको एकमात्र खेल खेलेको छ ।

लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो । आईसीसी क्रिकेट विश्वकप लिग–२ का पछिल्लो १२ मध्ये ११ खेलमा जितको नतिजा निकालेको नेपाल घरेलु टिमविरुद्ध पनि सोही लयलाई निरन्तरता दिने योजनामा छ । विश्वकप छनोटमा नेपालका लागि पहिलो खेलमा नै चुनौती छ।

आयोजक त्योमाथि टेस्ट टिम जिम्बावेविरुद्ध आज देखाउने खेलले प्रतियोगिताभर नेपालको खेललाई असर गर्नेछ। एकदिवसीय वरीयताको कुरा गर्ने हो भने जिम्बावे ११औं स्थानमा छ भने नेपाल १४औं स्थानमा छ। प्रतियोगिताका लागि दश दिन दक्षिण अफ्रिकामा तयारी गर्दा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेलेको थियो।

Advertisement

दुवै खेलमा खराब ब्याटिङ गर्दा नेपाल पराजित भएको थियो। १० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top