७ असार, काठमाण्डौ ।
भारतीय फिल्म ‘आदिपुरुष’मा रहेको सीता भारतकी छोरी हुन् भन्ने संवादललाई लिएर ‘आदिपुरुष’सँगै सबै भारतीय चलचित्रको काठमाडौंमा प्रर्दशन रोकेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले जुन सुकै हालतमा पनि फिल्म चल्न नदिने बताएका छन् ।

हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरको निर्णयविरूद्ध चलचित्र संघले हालेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएपछि उनले सामाजिक संजालमा लेखेका छन्, जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।

फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले अन्तरिम आदेश जारी गरेको हो। अहिलेलाई हिन्दी सिनेमाहरू चलाउन पाइने भएको अधिवक्ता जयलाल भण्डारीले जानकारी दिएका छन् । ‘अन्तरिम आदेश जारी भयो। अहिले हिन्दी लगायत कुनै पनि फिल्म रोक नलगाउनू, यथास्थितिमा चल्न दिनू भनेको छ,’ उनले भने।

उनी संघका कानुनी सल्लाहकार समेत हुन्। विपक्षीसँग छलफल गर्न असार १२ गते दुबै पक्षलाई बोलाएको छ। मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दायर गरिएको थियो। यस्तै ‘आदिपुरुष’को विवादले अन्योल सिर्जना भएको भन्दै यसबारे कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आग्रह गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले क्षेत्राधिकारभन्दा बाहिर गएर फिल्म प्रदर्शन रोकेको भन्दै काठमाडौं महानगरका मेयर बालन शाहविरुद्ध घुमाउरो कटाक्ष गरेकी छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भावुक भएर स्टन्ट नगर्न आग्रह गरिन् ।

भावनात्मक रुपमा सीता नेपालकी छोरी रहेको कुरामा प्रष्ट भए पनि मूल प्रिन्टमा संशोधन गर्ने कुटनीतिक पहल आवश्यक भएको उनले बताइन्। उनले भनिन्, ‘भावनात्मक रुपले एकै ठाउँमा छौं। तर, आफ्नो क्षेत्राधिकार बुझ्नुपर्छ। स्टन्ट गर्ने होइन, भावनात्मक रुपले मनोविज्ञानमा खेल्नेभन्दा दीर्घकालीन समाधान खोज्नुपर्छ। कुटनीतिक सम्बन्ध कायम गर्नुपर्छ।’

Scroll to Top