NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त बुधबार भदौ २५ , २०८२
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ? बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता बुधबार भदौ २५ , २०८२
सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान बुधबार भदौ २५ , २०८२
बाँके सुधार केन्द्रमा झडपः ५बालकको मृत्यु बुधबार भदौ २५ , २०८२
Next
Prev

समाचार

मन्त्रीले नै न्यायाधीसलाई भ्रष्ट र फटाहा भनेपछि…….

आइतवार असार १० , २०८०
Reading Time: 1 min read
A A
मन्त्रीले नै न्यायाधीसलाई भ्रष्ट र फटाहा भनेपछि…….
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० असार, विराटनगर ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भारतीय चलचित्र आदिपुरुषको प्रकरणमा अदालतको आदेश नमान्ने र अदालत भारतको गुलाम हो भन्नेसम्मको अभिब्यक्ति दिएपछि अहिले उनीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा उजुरी दर्ता भएको छ ।

बालेनको यो अभिब्यक्तिलाई लिएर निकै आलोचना बढेका बेला र केही हदसम्म कानून व्यवसायीहरुसमेत पक्ष र विपक्षमा देखिदा यता कोशी प्रदेशका एक मन्त्रीले न्यायाधीश माथिनै कडा टिप्पणी गरेका छन् ।

उच्च अदालत र न्यायाधीसमाथि नै गम्भीर आरोप लगाएपछि कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी विवादमा तानिएका छन् । उनले विराटनगरस्थित एक कलेजमा आयोजित कार्यक्रममा बोल्दै न्यायालय लेनदेन र भ्रष्टको थलो बनेको आरोप लगाएका छन् ।

LS Auto

प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिवले पैसा दिएकै भरमा न्यायाधीशले आदेश गरेको उनले आरोप लगाए । खेलकुदका सदस्यसचिवलाई ‘स्टेअर्डर’ दिने न्यायाधीश फटाहा र जनताको नाममा कलंक भएको उनको आरोप छ ।

प्रदेश खेलकुद बोर्डको सदस्यसचिवले प्रदेशको नाम ‘कोशी’ नै मेटेर फुटबल प्रतियोगिता गराएपछि आफूहरुले स्पष्टीकरण सोधेको उनको भनाइ छ । ‘स्पष्टीकरण चित्त बुझ्दो नभएर हामीले उहाँलाई पदबाट हटायौं । अनि पदबाट हटाएपछि उच्च अदालतमा मुद्दा दायर भयो ।

हिजो उच्च अदालतमा मुद्दा दिएका त्यही बोर्डका सदस्यसचिवको मुद्दा अहिलेसम्म हेर्न नसक्ने अदालतका न्यायाधीश आज त्यही पदका सदस्यसचिवले दिएको मुद्दामा स्टेअडर गर्न तयार छ । त्यो किन भने मेरो ठाडो भाषामा भन्न सक्छु, बद्नियत गरेकै हो न्यायाधीशले । त्यो न्यायाधीश फटाहा हो ।

त्यो न्यायाधीश जनताको नाममा कलंक हो ।’ आफू जेल जान पनि तयार भएको भन्दै उनले प्रदेश खेलकुद बोर्डको अघिल्ला सदस्यसचिव परशुराम बस्नेतको मुद्दा अहिलेसम्म हेर्न नभ्याउने न्यायाधीशले हालका सदस्यसचिव हंशराज वाग्लेको विषयमा भने चाँडो स्टे अर्डर दिनु घुस खाएको प्रमाण भएको दाबी गरे ।

‘म यो उद्घोष गर्न चाहन्छु । म जेल जान पनि तयार छु । आपत्तिको कुरा भएन । यहीको कृष्ण बस्नेत भन्ने मान्छेको मुद्दा हेर्न नभ्याउने । फैसला गर्न नमिल्ने न्यायालयका न्यायमूर्तिहरु, अनि त्यही अर्को मुद्दामा फेरि हेर्ने र स्टे अर्डर गर्ने भनेको यो देश पैसाले बिग्रिएको हो, भ्रष्टाचारले बिग्रिएको हो,’ राजभण्डारीले भने, ‘त्यसो भएको हुनाले नेताले पनि भ्रष्टाचार गर्न पाइन्न, कर्मचारीले पनि भ्रष्टाचार गर्न पाइन्न, न्यायाधीशले पनि भ्रष्टाचार गर्न पाइन्न ।

यदि गर्ने हो भने तपाई न्यायालयबाट नमस्कार गरेर जानुहोस्, बिदा हुनुहोस् ।’ वैशाख १४ देखि १६ गते प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा कोशी प्रदेशको नाम रातो टेपले छोपेर आयोजना गरेकोमा मन्त्री राजभण्डारीले आपत्ति जनाएका थिए ।

सो बेला मन्त्रालयले सदस्य सचिव वाग्लेलाई स्पष्टीकरण सोध्दै पदबाट बर्खास्त समेत गरेको थियो । मन्त्रालयले बोर्डको बैंकिङ खाता समेत रोक्का गरेको थियो। उक्त निर्णयविरुद्ध भोलिपल्ट नै वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।

उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न जेठ ५ गते अन्तरिम आदेश दिएको थियो । पुनः उच्च अदालत विराटनगरका न्यायाधीशद्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले जेठ ५ को अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो ।

Tags: #न्यायाधीसलाई भ्रष्ट फटाहा भनेपछि.#बालेनभन्दा उग्र मन्त्री

लोकप्रीय

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

बुधबार भदौ २५ , २०८२
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

बुधबार भदौ २५ , २०८२

विचार

थप समाचार

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त
ताजा समाचार

सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान
ताजा समाचार

सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

बुधबार भदौ २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

World News: Russiaविरुद्ध नयाँ प्रतिबन्ध, अदालतले Tariff रद्द गरे Americaले पैसा फिर्ता गर्नुपर्ने

00:16:56

World News: ईयू प्रमुखको कुर्सी ख*त*रामा, पोर्चुगलमा ९४ वर्षयताकै धेरै गर्मी || Nepal Times

00:20:06

WORLD NEWS:INDIA–RUSSIAलाई गुमाएकोमा TRUMPको चिन्ता,गायिकामाथि भालुको आक्र*मण|| Nepal Times

00:15:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

बुधबार भदौ २५ , २०८२
भोलि बिहानसम्मको लागि देशभर निषेधाज्ञा र कफ्र्यु

भोलि बिहानसम्मको लागि देशभर निषेधाज्ञा र कफ्र्यु

बुधबार भदौ २५ , २०८२

हालका पोस्टहरू

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

बुधबार भदौ २५ , २०८२
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

बुधबार भदौ २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.