जलहरी प्रकरणमा भ्रष्टाचारका के–के प्रमाण भेटिए ?

११ असार, काठमाण्डौ ।
पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा भएको अनियमिततामाथि छानबिन गर्न प्राविधिक टोलीसहित मन्दिरमै पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका क्रममा नयाँ तथ्यहरू फेला पारेको छ । सो क्रममा आयोगको टोलीले पशुपतिमा राखिएको सुनको जलहरी जोखेको छ ।

आइतबार अपरान्ह जलहरी जोख्न पशुपतिनाथ पुुगेको अख्तियारको टोलीले सोमबार बिहान २ बजेसम्म लगाएर जलहरी जोखेको हो । अख्तियारको टोलीले उक्त सुन जोख्दा आधा केजी कम पाइएको छ । सुन जोख्न पशुपति पुगेका टोलीमध्येका एक सदस्यका अनुसार जलहरीमा प्रयोग भएको भन्दा आधा केजी सुन कम पाइएको हो ।

जलहरीमा राखिएको सुन झन्डै एकसय साढे सात केजी भएको पाइएको छ । राष्ट्र बैँकबाट १०३ किलो ७७३ ग्राम सुन किनेर राखिएको जलहरीमा नापतौलका क्रममा सुनको परिमाण र गुणस्तरबारे कमजोरी पाइएको ति सदस्यले बताए । अब सम्पूर्ण तथ्यहरू अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने बताइएको छ ।

नापतौलमा १०.४३२५ केजी सुन जलहरीसहित रिङ र बेल्टमा प्रयोग भएको र किला काटीमा १.०३७५ केजी सुन प्रयोग भएको पुष्टि भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । जलहरीमा प्रयोग भएको सुन मध्ये १०७.९५३ केजी २४ क्यारेट सुन हो । त्यसमा तामापितल थप गरि २२ क्यारेटको १०८ केजी जलहरीमा प्रयोग भएको थियो ।

तर जर्ती तथा दिनहुुँ दहि तथा जलले नुहाइदिँदा झण्डै आधाकेजी सुन तलमाथि भएको भेटिएको कोषले जनाएको छ । तर यसमा हिनामिना नभएको सुनचाँदी व्यवसायी महासंघले पुष्टि गरेको कोषको भनाइ छ । यस्तै सुनको जलहरी राख्ने क्रममा सुन खरिदमा ८० करोडभन्दा माथि खर्च भएको र त्यसको कालिगडीका लागि ३ करोड रुपैयाँ अलग्गै खर्च भएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

उक्त ३ करोड रकम आफूले अलग्गै दिएको भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले बयान दिएको पनि खुलेको छ । सयौँ वर्षसम्म ननिकाल्नेगरी पशुपतिको मूल मन्दिरमा स्थापित जलहरीमा तत्कालीन प्रधानमन्त्री केपी ओलीसहित १३ जना व्यक्तिहरूको नाम कुँदिएको पाइएको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन संस्कृतिमन्त्री भानुभक्त ढकाल, तत्कालीन पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रदीप ढकाल, कोषका कोषाध्यक्ष, पशुपतिका मूल भट्ट, अन्य दुई मूल पूजारीसहित १३ जनाको नाम कुँदिएको पाइएको हो । उक्त जलहरीलाई लिएर संसदमा विवाद भएको थियो ।

सो बारेमा विवाद बढेपछि पशुपतिमा अख्तियार पसेको थियो । मन्दिरका मुल भट्टसहितका मुख्य पूजारीहरूले निकालेको जलहरी सोमबार उनीहरूबाटै पुनःस्थापित गरिने तयारी छ । लाखौँ भक्तजनको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरलाई सिलबन्दी गरेर त्यहाँ भएको भ्रष्टाचारबारे छानबिन गरिएको यो पहिलो पटक हो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top