×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

भारतलाई खुसी पारेका प्रचण्ड अब चीनलाई मनाउँने प्रयासमा

११ असार २०८०

११ असार,काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । राजदूत सोङ प्रधानमन्त्री दाहाललाई भेट्न सोमबार बिहान साढे ९ बजे बालुवाटार पुगेका थिए । उनीहरूबीच करिब एक घन्टा छलफल भएको बताइएको छ ।

उनीहरूबीच बिआरआई परियोजना र हालै पोखरामा सम्पन्न ड्रायगन फेस्टिभलका विषयमा छलफल भएको थियो । राजदूत छन् सोङले पछिल्लो समय नेपालमा गइरहेको बाढी पहिरोको विषयमा प्रधानमन्त्री दाहालसँग जानकारी लिएका थिए । उ

Advertisement
Advertisement

नले सम्भावित प्राकृति विपत्तिमा चीन सधैं साथ रहने प्रतिवद्धता जनाएका थिए । भेटवार्तामा प्रधानमन्त्री दाहालको चीन भ्रमणका विषयमा पनि छलफल भएको थियो । मिति तय नभए पनि परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासले भ्रमणको तयारी गरिररहेको बुझिएको छ ।

यसैबीच माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । आगामी मङ्गलवार चार दिने भ्रमणको क्रममा उनी चीन जान लागेका हुन् । यो उनको पहिलो विदेश भ्रमण हुनेछ ।

चीनको छेन्दुमा हुने एक व्यापार मेलामा सहभागी हुन उनी त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ । श्रेष्ठको सचिवालयका अनुसार ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जान लागेका हुन् । उनको टोलीमा गृह मन्त्रालयका सहसचिवसहितको प्रतिनिधित्व रहने जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारत गरेको बेलामा गृहमन्त्री श्रेष्ठले भने चीन भ्रमण गर्न लागेका हुन् । पछिल्लो समय चीनले माओवादी केन्द्रका नेताहरुलाई पनि चीन भ्रमण गराएको थियो । उक्त भ्रमण दलको नेतृत्व भने पूर्व सभामुख अग्निप्रसाद सापकोटाले गरेका थिए।

माओवादीका नेताहरुको चीन ओहोरदोहोर चलिरहँदा र प्रचण्डको पनि भ्रमणको तयारी चलिरहँदा यहीबीच माओवादी केन्द्र, नेकपा एस, जसपा, नेकपा लगायतका दलहरुको मोर्चा गठन भएको छ ।

प्रचण्डले चीन भ्रमण जानुअघि चीनले चाहेकोजस्तै फेरि बाम एकताको पहल गरिएको सन्देश दिने गरि मोर्चा गठन गरेको पनि विश्लेषण छ । प्रचण्ड यही मोर्चाको आडमा आफ्नो सरकार टिकाउने र त्यसमा चीनको पनि सदासहायता रहिरहोस् भन्नेमा छन् ।

भारत भ्रमणका बेला गेहरु वस्त्र लगाएर उनले मोदीको पनि मन जित्ने प्रयास गरेको चर्चा छ । यि सबका बीच काठमाडौंमा भने एमाले र काँग्रेसले नयाँ गठबन्धन बनाउँने तयारी गरेको चर्चा छ, जसलाई काँग्रेस महामन्त्री गगन थापाले शनिबार मात्रै चित्त नबुझे अहिलेको गठबन्धन तोडेर नयाँ गठबन्धनको सरकार बनाउँने भन्दै दिएको अभिब्यक्तिले संकेत गरेको छ ।

तर आज फेरि प्रचण्डले धादिङको गजुरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सत्तारुढ गठबन्धनका नेताहरु र प्रतिपक्षी दलसँग पनि भएको कुराकानीका आधारमा आफू गठबन्धन ५ वर्षसम्म टिक्के कुरामा विश्वस्त रहेको बताएका छन् ।

शुक्रबार सिंगापुरबाट फर्किएका काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठकमा हालको गठबन्धन तोड्ने कुरामा सत्यता नभएको बताएपछि प्रचण्ड ढुक्क भएका हुन् ।

Advertisement

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top