बालेनविरुद्धको अवहेलना मुद्दा आज पनि हेर्न भ्याइएन

Share this
688shares

११ असार,काठमाण्डौ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा आज पनि हेर्न नभ्याउने सूचीमा परेको छ । न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएपनि हेर्न नभ्याउने सूचीमा परेको हो ।

Advertisement

उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए ।

महानगर प्रमुख शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन् । शुक्रबार दर्ता भएको उक्त रिटमाथि सुनुवाइका लागि आइतबार पनि पेसी तोकिएको थियो ।

Advertisement

न्यायाधीश ढुंगानाकै इजलासमा आइतबार पनि पेसी तोकिएको उक्त रिट निवेदन ‘हेर्न नभ्याउने’मा परेको थियो । बालेनले बलिउड फिल्म ‘आदिपुरुष’ समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई लिएर फिल्मबाट उक्त संवाद नहटाएसम्म नेपालमा उक्त र अन्य कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए।

त्यसलगत्तै हलवालाहरूको छाता संगठन चलचित्र संघले उच्च अदालत पाटनमा हालेको रिटमा अदालतले हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउनु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । त्यस लगत्तै सामाजिक संजालमा बालेनले अदालतसम्बन्धी अभिब्यक्ति दिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top