×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

बालुवाटार जग्गा हिनामिनाको फाइल खुल्यो,मीनबहादुर पक्राउ

१२ असार २०८०

१२ असार, काठमाण्डौ ।
बालुवाटारको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जोडिएका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गुरुङलाई पक्राउ गरेको हो । सीआईबी स्रोतका अनुशार गुरुङलाई नियन्त्रणमा लिए थप अनुसन्धान भईरहेको छ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। जुन अहिले विशेष अदालतमा विचाराधीन रहेको छ। ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा गुरुण आरोपित रहेका छन् ।

Advertisement
Advertisement

यस प्रकरणमा गुरुङले शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतो सबैभन्दा धेरै जग्गा खरिद गरेको पाइएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अहिले सोही प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको छ।

दोस्रो चरणको अनुसन्धानका क्रममा सरकारी कागजात कीर्ते लगायत कसुरमा गुरुङको समेत संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ। यसअघि दायर भएको मुद्दामा समेत प्रतिवादी रहेका गुरुङ विशेष अदालतको आदेशअनुसार २ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

काठमाडौंको बालुवाटारस्थित् ११३ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न भएको आरोपको मुद्दामा गुरुङसँग विशेष अदालतले २ करोड रूपैयाँ धरौटी माग गरेपछि उनी बैंक ग्यारेन्टीमा धरौटी बुझाएर रिहा भएका थिए । गुरुङ परिवारका नाममा विशेष अदालतले २०७६ फागुन २३ गते अदालत उपस्थित हुनका लागि १५ दिने म्याद जारी गरेको थियो सोअनुसार झण्डै ११ महिना ढिलो गरी २०७७ मा उनी विशेषमा उपस्थित भएका थिए।

अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले गुरुङसँग ५० करोड ४७ लाख रुपैयाँको बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्रअनुसार बालुवाटारको सरकारी जग्गाको गैरकानुनी किनबेचमा व्यवसायी गुरुङसँगै उनका छोरा कल्याण गुरुङ‚ छोरी तथा सहोदर भाइ र बुहारीसमेतको संलग्नता रहेको पाइएको थियो।

गुरुङका छोरा कल्याण, छोरी कामना, भाइ पहलमान र भाइबुहारी सरला गुरुङले सरकारी जग्गा कीर्ते गरी बेचबिखन गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ। ललिता निवास प्रकरणमा गुरुङ सहित अन्य सात÷आठ जना पक्राउ गर्ने तयारी भएको प्रहरी अधिकारीहरुले बताएका छन । सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले अपरेशन चलिरहेको र ललितानिवास प्रकरणमा मुछिएका अन्य व्यक्तिलाई पनि खोजिरहेको बताएकी छिन् ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top