बाइडेनलाई स्वास फेर्न नै बन्द गरिदिने गम्भिर रोग

१४ असार, एजेन्सी ।
अमेरिकी इतिहासमा सबैभन्दा पाका नेतृत्वहरुमध्ये एक राष्ट्रपति जो बाइडेन ८० वर्षका छन् । उनी आगामी २०२४ को राष्ट्रपतिय चुनावका लागि पुनः उमेद्वारी दिने तयारी पनि गर्दैछन् । यसैबीच बाइडेनको स्वास्थलाई लिएर फेरि चर्चा सुरु भएको छ । जो बाइडेन स्लीप एपनिया भन्ने स्वास्थसमस्यासंग जुधिरहेका छन् । र हालै उनको अनुहारमा एक निशान जस्तो पनि देखिएको थियो ।

त्यो निशानको कारण ऋएब्ए अर्थात कन्टिन्युअस पोजेटिभ एयरवे प्रेशर मशीनलाई मानिएको छ । जसले उनलाई स्लीप एपनियाको उपचारमा मद्यत गर्छ । स्लीप एपनिया एक प्रकारको डिसअर्डर हो, योसंग जुधिरहेको व्यक्ति सुतिरहेका बेला स्वास फेर्न नै नसक्ने अवस्थामा पुग्छन् । यसको एक कारण एयरवे अर्थात स्वासनलिमा ब्लकेज हुनु हो जसलाई अब्सट्रक्टिभ स्लीप एपनिया अन्तर्गत राखिएको छ ।

अर्को कारण भनेको जब व्यक्तिको दिमाग उसको स्वास फेर्ने प्रक्रियालाई ठिक ढंगले संचालन गर्न सक्दैन, त्यस्तो अवस्थामा सेन्ट्रल एपनिया भनिन्छ । अक्सिजनको कमीले पटक पटक यस्तो समस्या भएकालाई निन्द्राबाट उठाइरहन्छ अर्थात पीडित व्यक्ति सुत्न पाउँदैनन् । यस्तो समस्या भएकाहरु जीवित त रहन्छन् तर उनीहरुको निन्द्रा भने एक प्रकारले गायव नै हुन्छ र शारीरिकसंगै मानिसक तनाव पनि रहन्छ ।

अहिले बाइडेन यस्तै समस्याबाट गुज्रिरहेका छन् । व्हाइट हाउसका प्रवक्ता एन्ड्रु बेट्स भन्छन्, सन २००८ देखि नै बाइडेनले आफूलाई यस्तो समस्या भएको बताएका थिए । उनि अहिले पनि कुनै कुनै राती सीपीएपी मशीनको प्रयोग गरिरहन्छन् । जुन यस्तो समस्या भएका विरामीहरुकालागि सामान्य नै हो । यो मशीनले एयरवेको माध्यमबाट हावाको बहाव बनाइरहन्छ ।

जसले एयरवे खुला रहन्छ र विरामीलाई स्वास लिन समस्या हुँदैन । ८० वर्षीय बाइडेन कयौं पटक सार्वजनिक कार्यक्रमहरुमा लडखडाएको, पछारिएकै देखिन्छन् । यो स्लीप एपनियाकै कारण भएका चिकित्सकहरु बताउँछन् । तर अहिलेसम्म उनलाई ठूलो चोटपटक भने लागेको छैन ।

बाइडेन २०२४ को राष्ट्रपति चुनाव लड्ने तयारीमा जुटेका छन् । उनले गत अप्रिलमै यसबारे औपचारिक घोषणा गरेका थिए । साथै अहिले विभिन्न कानूनी अड्चनहरु झेलिरहेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पनि उनको प्रतिपर्धी बन्दैछन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top