चेल्सीका मेन्डीलाई पनि अल हिलालले भित्र्यायो

१४ असार,एजेन्सी ।
साउदी प्रो लिगको क्लब अल हिलालले युरोपबाट अर्का एक खेलाडिलाई पनि भित्र्याएको छ । सेनेगलका गोलकिपर एडोउर्ड मेन्डीलाई अल हिलालले अनुबन्ध गरेको हो । उनी इंग्लिस क्लब चेल्सीबाट अल हिलालमा आवद्ध भएका हुन् । योसँगै ३१ वर्षीय मेन्डी साउदी अरेबियाको क्लबसँग सम्झौता गर्ने चेल्सीका कालिओउ कौलीबाली र एन्गोलो कान्टेपछि तेस्रो खेलाडी बने ।

कौलीबाली अल हिलालमै अनुबन्ध भएका हुन् । कान्टेले अल इत्तिहादसँग सम्झौता गरेका थिए । मेन्डीले चेल्सीबाट सन् २०२०–२१ को च्याम्पियन्स लिग जितेका थिए । चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि जिताएका मेन्डी उक्त वर्ष ‘यूईएफए गोलकिपर अफ दी सिजन’ र ‘फिफा बेस्ट मेन्स किपर’ चुनिएका थिए ।

उनले चेल्सीबाट १०५ खेल खेल्दा ४९ मा ‘क्लिन सिट’ राखेका छन् । मेन्डी २०२० मा फ्रेन्च क्लब रेनेसबाट चेल्सी आएका थिए । उनी सेनेगलले २०२१ मा अफ्रिका कप अफ नेसन्सको उपाधि जित्दा टिमको महत्त्वपूर्ण सदस्य थिए । “मेन्डी मैदानभित्र र मैदानबाहिर निकै रुचाइएका पात्र हुन् । २०२१ को च्याम्पियन्स लिगमा पु¥याएको महत्त्वपूर्ण योगदानका कारण चेल्सीको इतिहासमा उनको सधैँ स्थान रहिरहनेछ ।

त्यसका लागि र अन्य सबै कुराका लागि क्लब कृतज्ञ छ । आगामी यात्राका लागि शुभकामना एडोउ,” चेल्सीले मेन्डीको बिदाइ सन्देशमा लेखेको छ । मेन्डीले अल हिलालमा चेल्सीका सहकर्मी कौलीबालीसँगै वुल्भ्सका मिडफिल्डर रुबेन नेभेससँग खेल्नेछन् । पछिल्लो समय खेलकुदमा लगानी बढाएको साउदीले फुटबललाई प्रमुख प्राथमिकतामा राखेको छ ।

साउदीले रियाल मड्रिडका फरवार्ड तथा बालन डी‘अर विजेता करिम बेन्जेमालाई पनि भित्र्याएको छ । बेन्जेमालाई लिग च्याम्पियन अल इत्तिहादले अनुबन्ध गरेको थियो । यसबाहेक साउदीका क्लबले टोटनहमका फरवार्ड सन ह्युङ मिन र अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि अनुबन्धको प्रयास गरेका थिए ।

सनले साउदी क्लबबाट खेल्ने मनासाय नरहेको प्रतिक्रिया दिएका थिए । मेसीले पनि अल हिलालको कीर्तिमानी प्रस्ताव (४०० मिलियन युरो)लाई नकार्दै अमेरिकी क्लब इन्टर मियामीसँग सम्झौता गरेका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top