×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

बनाउँदै गरेको घर भत्किएपछि मारुती सिमेन्टका सञ्चालकसहित ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी

१९ असार २०८०

१९ असार, विराटनगर ।
मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठीसहित ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । मारूती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर, प्रबन्ध निर्देशक उनका छोरा अनुज, उद्योगका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी, डिलर सञ्जय साह, सिमेन्ट बिक्री गर्ने नरेश साह र अजयकुमार साहविरूद्ध पक्राउ पुर्जी जारी भएको हो ।

ठगी एवं आपराधिक विश्वासघात गरेको कसुरमा नन्दकिशोर राठीसहित ६ जनालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ अनुमति लिएको बताएको छ । सप्तरीको राजविराज नगरपालिका–४ का दिवाकर साहले गत चैतमा घर बनाउँदा मारूती सिमेन्ट प्रयोग गरेको तर ढलान नै भत्किएको भन्दै उनीहरूविरूद्ध जाहेरी दिएका थिए ।

Advertisement
Advertisement

उनले उजुरी दिएपछि समेन्टका व्यापार प्रबन्धक पक्राउ परेका छन् । साहले दिएको जाहेरीका आधारमा जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भई मारुती सिमेन्टका व्यापार प्रबन्धक ज्योति जोशीलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो । पक्राउ परेका जोशीलाई अदालतले अनुशन्धानका लागि ५ दिनको समय दिएको छ ।

उनको बयान समेत सकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले राजविराजका साहले घर निर्माण गर्दै गर्दा घरको ढलान र भर्याङ सिमेन्टको गुणस्तर काम भएको भनेर उजुरी दिएपछि व्यापार प्रवन्धक पक्राउ परेको बताए ।

उनले भने, ‘मारुती सिमेन्ट उद्योगका ६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यस मध्ये व्यापार प्रवन्धक ज्योति जोशी पक्राउ परेका छन् । अन्य ५ जना फरार रहेका छन् । उद्योगका सञ्चालक नन्दकिशोर राठी र उनका छोरा तथा सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक अनुज राठीसहित ५ जना फरार रहेका छन् । हामीले खोजि गरिरहेका छौं ।’

यता मारुती सिमेन्ट सञ्चालक पक्षले भने जसले मुद्दा हाल्यो उसैले लामो समयदेखि ‘बार्गेनिङ’ गर्दै आएको दाबी गरेको छ । संचारकर्मी समेत रहेका पीडित भनिएका दिवाकरले भने सिमेन्टविरुद्ध जाहेरी दिएपछि आफुलाई विभिन्न पक्षबाट दबाब र प्रभाव आइरहेको बताएका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top