×

NEPAL TIMES UPDATES

Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026

प्रधानमन्त्रीको अभिब्यक्तिको सचिवालयले गर्याे बचाउ

२१ असार २०८०

२१असार, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले असार १५ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेकोप्रति आपत्ति जनाएको छ। अभिव्यक्तिबाट प्रधानमन्त्री प्रचण्ड विवादमा परेपछि उनको सचिवालयले बचाउ गरेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। असार १८ गते भारतीय व्यापारी प्रितम सिंहमाथि उनकी छोरी किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली ः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिको आलोचना भइरहेको छ।

Advertisement

त्यहाँ प्रचण्डले प्रितम सिंहले राजनीतिमा पनि रुचि राख्ने र आफूलाई प्रधानमन्त्री बनाउन एक पटक धेरै मेहनत गरेको बताए। ‘धेरैचोटि दिल्ली जानु पनि भयो। काठमाडौंका कैयौँ पार्टीहरुलाई, नेताहरुलाई, पार्टीहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभयो,’ उनले भनेका थिए।

आचार्यले विज्ञप्तिमा सिंहले अनौपचारिक भेटघाटका क्रममा प्रचण्डसँग ‘तपाईजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदासयता व्यक्त गर्दै आएको सन्दर्भ पुस्तक लोकार्पणको क्रममा प्रधानमन्त्रीले प्रसंगवश उल्लेख गरेको बताएका छन्। ‘सिंह दिल्लीस्थित आफ्नै घरमा पटकपटक आउजाउ गर्दा भएका पारिवारिक संवादमा सिंहले व्यक्त गरेका विषयसमेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गर्नुभएको हो,’ आचार्यको विज्ञप्तिमा भनिएको छ, ‘तर, सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैमा निरर्थक र दुखद् छ।’

विज्ञप्तिमा संसद्बाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसद्प्रति जवाफदेही भएको बताइएको छ। ‘संसद्मा प्रष्टीकरणको मौकासमेत नदिइ उहाँको भनाइको आशय विपरीत एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ।

संकुचित राजनीतिक मानसिकताका साथ प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकारले चालेका कदमको विरोध र सिंगो संसदको नै अपमान हुन जाने तथ्यसमेत हेक्का राखिनुपर्ने आचार्यको विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर बुधबार नेकपा एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभा अवरुद्ध पारेको थियो।

दुवै सदनमा उसका तर्फबाट राजीनामा समेत माग भएको थियो। एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको स्पष्टीकरण नभइ राजीनामा दिनुपर्ने बताएका छन् । प्रधानमन्त्रीकै अभिब्यक्तिको विरोधमा आज पनि एमालेले राष्ट्रिय सभामा अवरोध गरेपछि आजको बैठकपनि स्थगित भएको छ ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top