एशियन यू–१८ च्याम्पियनसीपका लागि हेन्जनको कप्तानीमा नेपाली टोलीको घोषणा

काठमाडौँ, भदौ २१
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी असोज ४ गतेदेखि भारतको आग्रामा हुने एशियन यू–१८ च्याम्पियनसीपका लागि २० सदस्यीय नेपाली फुटबल टोली आज घोषणा गरेको छ ।

Advertisement

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठलले दिनेश हेन्जनको कप्तानीमा २० सदस्यीय नेपाली टोली छनौट गर्नुभएकामा गोलकिपर विष्णुकुमार केसी, विशाल सुनार, सूर्य अधिकारी, डिफेन्डरमा विकास खवास, नवीन गुरुङ, राजेश गुरुङ, असिम गुरुङ, रणदीप पौड्याल सचित राई, मिडफिल्डरमा नितिन थापा, मनिस थापा, जय गुरुङ, सेसहाङ आङदम्बे, सुरज ठकुरी र अनिल महर्जन रहनुभएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

त्यस्तै फरवार्डमा दिनेश हेन्जन (कप्तान), बुद्धबल तामाङ, रितिक खड्का, अनुरु गुरुङ र टीका गुरुङ तथा वैकल्पिक खेलाडीमा आकाश रानाभाट, पवन शाही, विवेक राई र दर्शन गुरुङ छन् ।विराटनगरमा भएको बन्द प्रशिक्षकअन्तर्गत दोस्रो चरणमा छानिएका २४ खेलाडीबाट अन्तिम टोली घोषणा गरिएको हो । बाँकी चार खेलाडीलाई वैकल्पिक सूचीमा राखिएको छ ।

Advertisement

नेपाली टोलीको व्यवस्थापकमा रुपेश अधिकारी, प्रशिक्षकमा पासाङ तामाङ र गोलकिपर प्रशिक्षकमा चक्र तामाङ छन् । प्रतियोगिता असोज ४ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top