×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

टेलिभिजनमा नयाँ युग, भर्चुअल समाचार वाचिका लिसा को हुन् ?

२७ असार २०८०

२७ असार,एजेन्सी ।
भारतको एक टेलिभिजनले आर्टिफिसिसल इन्टेलिजेन्स (एआई)बाट समाचार वाचन सुरु गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले भारतको ओडिसा टेलिभिजनले यस्तो सुरुवात गरेको हो । ओडिसा टेलिभिजन आर्टिफिसियल इन्टेलिजेन्सबाट समाचार वाचन गर्ने दक्षिण एसियाको पहिलो टेलिभिजन भएको छ ।

सारी पहिरिएकी कृत्रिम महिला एङ्करले टेलिभिजन र नेटवर्कको अनलाइन मिडियामा समाचार पढिरहेकी छिन्। च्यानलको यो पहललाई एआईको बढ्दो उपयोगिताको उदाहरणका रूपमा हेरिएको छ । भारतको यस्तो पहलले देशका विभिन्न मिडिया समूहलाई पनि प्रेरणा दिने विश्वास गरिएको छ । च्यानलले आफ्नो भर्चुअल न्यूज एन्करको नाम लिसा राखेको छ ।

Advertisement
Advertisement

उनी अन्य भाषाहरू पनि बोल्न सक्छिन्, तर अहिलेका लागि उनी ओडिया र अंग्रेजीमा मात्र समाचार पढ्नेछिन्। समाचार सही र प्रभावकारी रूपमा प्रस्तुत गर्न लिसाले पत्रकारितासँग प्रविधिको संयोजन गर्दैछिन्। उनलाई अरुसँग सजिलै कुरा गर्न सकोस् भनेर कम्पनीले थप उच्चस्तरीय कामका लागि तालिम दिने प्रयास गरिरहेको छ ।

अप्रिलको सुरुमा, कुवेत न्यूजले आफ्नो एआई समाचार प्रस्तुतकर्ताबाट समाचार पढाएको थियो । जसको नाम फइदा राखिएको थियो । यो जानकारी कुवेत न्यूज र कुवेत टाइम्सले आफ्नो ट्विटर फिडमा दिएको छ । डिजिटल मिडियाको युगमा यसलाई नयाँ युगको सुरुवात भएको मानिन्छ ।

अन्य क्षेत्रजस्तै सञ्चार क्षेत्रले पनि प्राविधिक परिवर्तनको आवश्यकता निरन्तर महसुस गरिरहेको छ ।आजकल मानिसहरू इन्टरनेटको माध्यमबाट टेलिभिजन पनि हेरिरहेका छन् र इन्टरनेटमा मात्र बढी समय खर्च गरिरहेका छन्। यस्तो अवस्थामा मिडियाले पनि भर्चुअल कन्टेन्टलाई प्राविधिक रूपमा निरन्तर अपडेट गर्दै आइरहेका छन् ।

Advertisement

यो नयाँ प्रविधि चकित पार्ने र ध्यानाकर्षण गराउने भए पनि यससँग रोजगारीको चिन्ता पनि जोडिएको छ । एआईको द्रुत बृद्धिसँगै प्रविधिले निम्त्याएको खतराले पनि मानिसहरूलाई सताइरहेको छ। यसले नराम्रो वा गलत सूचना र प्रचार प्रसारको सम्भावना बढे पनि सञ्चार क्षेत्रको रोजगारीमा प्रतिकूल असर पर्ने सम्भावनालाई नकार्न सकिँदैन ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top