आज सुन चाँदीको मूल्यमा सामान्य वृद्धी

२७ असार ८०, बुधबार
Share this
706shares

२७ असार काठमाडौं।

Advertisement

बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ। यो साताको आइतबारदेखि मंगलबारसम्म स्थिर मूल्यमा कारोबार भएको सुन चाँदीको मूल्य आज बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला तीन सय रुपैयाँ बढेर एक लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।मंगलबारसम्म छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनसम्म चाँदी प्रति तोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको थियो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top